अझै एक बर्ष कोरोना महामारीसंग जुझ्नु पर्ने हुन सक्छ

टंक पन्त २०७७ भदौ २६ गते ६:०७ मा प्रकाशित

 

काठमाडौ । कोरोना महामारीले नेपाल पनि आक्रान्त भएको बेला बिज्ञहरुले अझै कम्तिमा एक बर्ष सचेत हुनपर्ने अबस्था रहेको बताएका छन ।

सधैभरि लकडाउन अर्थात निषेधाज्ञा समस्याको समाधान नभएकोले आम नागरिकहरु नै सचेत हुनपुर्ने र यदि सरकारको निर्देशन  पालना नगर्नेलाई कडा कारबाही गर्न पनि पछि पर्न नहुने बिज्ञहरुको सुझाब छ ।

नागरिक समाजका अगुवा एवं बरिष्ठ चिकित्सक डा सुन्दरमणि दीक्षित र शिक्षण अस्पतालमा कोभिड १९ ब्यबस्थापन संयोजक समेत रहनुभएका  चिकित्सक डा सन्तकुमार दासले अब आम नागरिकहरु आफै सचेत हुनु बाहेक कोरोना रोकथामका लागि अर्को बिकल्प नभएको बताउनुभएको छ ।

सरकारले बिभिन्न शर्त सहित  लकडाउन अर्थात निषेधाज्ञा खुकुलो गरेपछिको अबस्थाको बारेमा इनेप्लिजसंग कुरा गर्देै डा दीक्षितले नागरिकहरु स्वयं  सचेत हुनुपर्ने खांचो रहेकोले जहां जहां सरकारले दिएको निर्देशन लागु हुदैन त्यहां एक पटकलाई  सचेत बनाउने अनि त्यसपछि नटेरेमा कारबाहीको तहमा जानुपर्ने आबश्यकता देखिएको बताउनुभएको छ ।

ठुला मल , पसल, बैकहरु, कतिपय अन्य ब्यापार ब्यबसायमा  नागरिकहरुले  सामाजिक दुरी कायम गर्ने जस्ता कार्यहरु नगरेको पाइएकोले त्यस्ता ठाउंहरुमा सरकारले अनुगमन  गर्नुपर्ने सुझाब डा दीक्षितले दिनुभएको छ । उहाको भनाई थियो—हुने खाने भनिनेहरु र पढेलेखेकाहरु नै बढी अटेरी देखिएका  छन् , त्यो क्षेत्रले कोरोना नियन्त्रणका लागि लागु गरिएका निर्देशनहरु पालना गरेपो अरुलाई पनि ए गर्नुपर्दो रहेछ भन्ने हुने थियो ।

सीमाना लगायत सबै भन्दा बढी खतराजन्य ठाउंमा सेना प्रयोग गर्नुपर्ने सुझाब पनि डा दीक्षितको रहेको छ । यति लामो समय सम्म आम नागरिकहरु सचेत नहुनु भनेको अटेरीपन नै हो –डा दीक्षितले भन्नुभएको छ ,अटेरीलाई भएन भने कारबाही गर्नेै प¥यो नि ।

शिक्षण अस्पताल कोभिड ब्यबस्थापन समितिका इन्जार्ज समेतको जिम्मेबारीमा  रहेर  कोरोना संक्रमितहरुको उपचारमा खटिनुभएका  चिकित्सक डा सन्तकुमार दाशले पहिले कोरेण्टाइनमा मात्रै थिए भने अहिले समुदाय र घरघरमै संक्रमण पुगिसकेको स्पष्ट पार्नुभएको छ ।

कोरोना महामारी घरघरमै आइसकेकोले घरमा पनि आबश्यक सतर्कता अपनाउनुपर्ने अबस्था आएको छ भने बाहिर त पुर्ण रुपमा सचेत भएर हिड्नुपर्छ भन्दै डा दाशले यदि काठमाडौमा सबैको जांच गर्ने हो भने काठमाडौमा मात्रै ६० देखि ७० हजार सक्रमित  हुन सक्ने स्थिति रहेको दाबी गर्नुभएको  छ ।

रोटरी क्लब अफ काठमाडौ डाउनटाउनको छैठौ बैठकमा आफनो कामको अनुभब सहित अहिलेको अबस्थाको बारेमा जानकारी गराउनुहुदै डा दाशले एकजनाले माक्स लगाएको छ अर्कोले लगाएको छैन भने उसबाट रोग सर्ने हुन्छ त्यसैले एक अर्काबाट बच्न दुबैले अनिबार्य रुपमा माक्स लगाएको हुनुपर्छ र मास्क नलगाउनेलाई सचेत गराउंदा गराउंदै पनि अटेर गरेमा  कारबाही पनि गर्नुपर्छ भन्नुभएको छ ।

शुरुमा यति लामो समय सम्म कोरोना महमारी जाला भन्ने  सरकार मात्रै होइन आम नागरिक , बिज्ञ कसैले पनि सोचेको थिएन तर अहिले झन पछि झन बढेर आएको छ र यो महामारी नेपालमा अझै एक बर्ष सम्म रहन सक्ने भएकोले लकडाउन समस्याको समाधान पनि नभएकोले आम नागरिकहरु पुर्ण सचेत हुनुबाहेक अर्को बिकल्प छैन भन्दै डा दाशले अस्पताल वा औषधिले हुदैन यसको रोकथाम नागरिकहरुले नै गर्नुपर्छ भन्नुभएको छ ।

सरकारले रोकथामका लागि लकडाउन लगायत सबै हतियार प्रयोग गरिसकेको छ भन्दै डा दाशले कोरोनाका लक्षणहरु पनि नयां नयां देखिदै  आएको जानकारी गराउनुभएको छ ।

उहाले पुरानो फोक्सोको समस्या भएका र किड्नीका समस्या भएका कोरोना संक्रमितहरुको बढी मृत्युभएको जानकारी गराउनुभएको छ ।

क्लबका अध्यक्ष श्याम पराजुलीको अध्यक्षतामा भएको भर्चुवल बैठकमा  डा दाशले  प्लाज्मा थेरापीको उपचारले  राम्रो भएको र शिक्षण अस्पतालमा मात्रै ७ जनालाई प्लाज्मा थेरापी गरिएकोमा ६ जना ठिक भएर घर फर्किसकेको जानकारी गराउनुभएको छ ।

एउटा बिधि रगत झिकेर गरिन्छ भने अर्को बिधि मानिसको रातो भाग रगत शरीरमै फर्किने र तरलपदार्थ प्लाज्मा मात्रै लिन सकिने ब्यबस्था पनि भएको जानकारी गराउदै डा दाशले त्यसो गर्दा रगत झिकेको जस्तो पनि नहुने स्पष्ट पार्नुभएको छ ।

डा दाशले कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेकाहरुलाई अन्य रोग छ भने अप्रेशन बाहेक  अन्य रोगको पनि उपचार गर्ने गरिएको तर यदि डेलिभरी , आन्द्रा बटारिएको , टाउकोमा रगत जमेको छ भने अप्रेशन पनि गरिन्छ त्यसमा फाइदा बेफाइदा हेर्ने गरिएको उल्लेख गनुर्नुभएको छ ।

अस्पतालमा संक्रमित  अति अशक्त बिरामी छ भने  उनका परिबारलाई पनि राख्ने गरिएको छ र बिरामी घर जानेबेलामा कुरुवा बिरामीको पनि पीसीआर परीक्षण गर्ने गरिएको स्पष्ट पार्देै डा दाशले यदि बिरामीमा कोरोनाको लक्षण कायमै छ भने १४ दिन भएपछि पनि डिस्चार्च नगरिएको बताउनुभएको छ । सक्रमणको लक्षण छैन भने १४ दिनमा डिस्चार्ज गरिन्छ ।

डा दाशले संक्रमितको मृत्यु भएमा उसबाट अन्यलाई नसर्ने भएकोले  शव सबन्धित परिबारलाई नै दिनुपर्छ भन्दै परिबारले सचेत भएर आफ्नो परंंपरा अनुसार संस्कार गर्ने गर्छन भन्नुभएको छ । अहिले नेपाली सेनालाई शब ब्यबस्थापन  गर्न दिने गरिएको छ त्यो बिधि परिबर्तन गर्नुपर्छ भनेर स्वास्थ्य मन्त्रालयको बैठकमा पनि सुझाब दिएको डा दाशले बताउनुभएको छ ।

नेपालमा आज सम्म ८ लाख २१ हजार १ सय ८६ जनाको परीक्षण भएको छ भने त्यस मध्ये सक्रमित हुनेहरुको संख्या  ५१हजार  १ सय ९१ सय  रहेको छ । निको भएर घर फर्किनेहरुको संख्या      निको ३६ हजार ६ सय २२ रहेको छ भने मृत्यु हुनेको संख्या ३ सय २२ रहेको छ । यो तथ्यांक शुक्रबार  सम्मको हो ।

 

प्रतिक्रिया