यो दुनियाँमा कहिलेकाहीँ पत्याउनै नसकिने खालका यस्ता घटना हुन्छन्, जुन सुन्दा पनि आँत नै सिरिङ्ग हुन्छ । हालै रुसमा एकजना महिलाको मुख हुँदै घाँटीभित्र छिरेको एउटा सर्पलाई बल्लतल्ल बाहिर निकालिएको छ ।
दक्षिणी रुसको दागेस्तानमा पर्ने लेभासी गाउँकी ती महिला बगैँचामा सुतिरहेको बेला उनको मुखबाट ४ फिटको सर्प भित्र छिरेर घाँटीबाट तलसम्मै पुगिसकेकेा थियो ।सर्प मुखभित्र छिरेपछि तत्कालै ब्युँझिएर रन्थनिएकी ती महिलालाई तत्काल अस्पताल लगियो । त्यहाँ उनलाई बेहोस पारियो र डाक्टरहरुले उनको घाँटीभित्र छिरिसकेको सर्प निकाल्न सफल भए ।
https://www.youtube.com/watch?v=x1Fj3rD43Pw&feature=emb_logo
प्रतिक्रिया