अनेसास सद्भावना दूतमा आचार्य राजन मनोनीत

इनेप्लिज २०७७ भदौ २५ गते ०:५८ मा प्रकाशित

समाचारदाता । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार एवम् चिन्तक आचार्य राजन लाई “अनेसास सद्भावना दूत”मा मनोनयन गरेको छ ।

अष्ट्रेलियाको सिडनीमा बसेर साहित्यको संवर्ध्दनमा लागेका राजनको बास्तविक नाम भीमसेन सापकोटा हो  । सिन्धुपाल्चोकमा जन्मिएका राजन अध्यात्म र साहित्यका क्षेत्रमा चर्चित नाम हो  । नेपालमा रहदा पत्रकारिता र प्राध्यापन पेसामा संलग्न राजन अस नेपाल न्यूजका प्रधान सम्पादक समेत रहेका छन् ।

यस अघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट “अनेसास हिरो’ सम्मान प्राप्त गरिसकेका राजन अनेसासका अष्ट्रेलिया – ओसनिया क्षेत्रका उपाध्यक्षसमेत रहेका थिए  ।

गणतान्त्रिक फिजीका लागि सद्भावना राजदूतसमेत रहेका राजनका प्रश्नमा ईश्वर, भत्किएको पर्खाल, सुख-सूत्रलगायतका साहित्यिक र दर्शनका कृति प्रकाशित छन्।उनि अनेसास अष्ट्रेलिया न्यूसाउथ वेल्स च्याप्टरको संस्थापक समेत हुन्।

समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो  । मनोनीत “अनेसास सद्भावना दूत”को कार्यकाल दुई वर्षको रहने छ ।

प्रतिक्रिया