एनआरएन आइसिसि ग्लोबल नलेज एक्सचेन्ज प्रोग्राम :एक समिक्षा

महेश भट्टराई ,मेरिल्याण्ड, २०७७ भदौ २३ गते १:४० मा प्रकाशित

हरेक दिन बिश्वभर नेपालीहरू फैलिनेको संख्या बढ्दो छ । त्यसरी नै बिषेषज्ञता हासिल गरेर बिश्वमा नाम राख्ने नेपालीहरूको संख्या पनि दैनिक बढिरहेकै छ ।

बिशेषज्ञता हासिल गर्नेहरूको संख्या कुन कुन देशमा कुन बिषयमा कति हुनुहुन्छ भन्ने कुनैअभिलेख कसै संग छैन ।

हुन त नेपाल सरकारको राजदुतहरू सबै जसो देशहरूमा छन । दुतहरूको प्रमुख काम आफ्नो नियुक्त गर्ने पार्टि र नेताहरू प्रति उत्तरदायी बनि कुर्सी जोगाउनु नै हो । साथै उक्त देशमा रहेका पार्टि संगठनको संरक्षण गर्नु पनि हो। भै हाले पनि आफ्नै पार्टि संगठनका केहि नाम पकेट डायरीमा राखिएको होलान र आफ्नो पदाबधि सकिए संगै लिएर जाने गर्छन। मन्त्रीहरू बिदेश गएपनि बिशेषज्ञ संग भेटघाट गर्नु वा गराउनु भन्दा पार्टि कार्यकर्ता भेटघाट मै दिन बिताउछन । भेटि हाले पनि हस हजूर गरे, एक कानले सुने अर्कोले उडाए।

अर्को अर्थमा सरकार, राजदुताबास र एनआरएन केहि संग रेकर्ड वा सिस्टम नै छैन । हरेक बर्ष हरेक कुर्सीवालाले सुन्यबाट शुरू गर्नु पर्ने बाध्यता छ । जुन सत्य तथ्यले यसबाट अगाडिका ले पदाधिकारीले केहि गरेनन भन्ने प्रमाण भएन र ।

एनआरएन आइसिसि एनसिसी बिश्वभर शाखाहरू गठन गरेको यतिका बर्ष बिति सके पनि यो बिषेषज्ञहरू को रोस्टर आज सम्म बन्न सकेको छैन ।

हरेक चुनाबको बेला ठुला ठुला भाषण, मिटिड, गफ गरे पनि भर्चुयल मिडियामा मै रमाउने गरेको देखिन्छ ।भर्चुयल मिटिडमा समेत आषन,भाषण र ज्यू हजूरि मै १०-१५ मिनेट बिताउने चाकडी प्रथा अझै कायमै छ !

प्राय सामाजिक संघसंस्थाहरूको नेतृत्वमा नेपाल बाटै पार्टिका झन्डा समाउने पृष्ठभुमी र नेपाल कै झै निम्न स्तरको भाले जुधाई गर्नेहरू कै हाली मुहाली देखिन्छ । यहि देखेर होला प्राय धेरै बिशेषज्ञहरू यस्ता संघ संस्था बाट टाढै रहेको छन ।आई हाले पनि एक दिन कार्यक्रममा देखा पर्छन र बर्षभर गुप्तबास नै बस्छन ।

नेपाल सरकार र सबै सामाजिक संघ संस्थाको बेबास्ताको कारणले प्राय सबै बिशेषज्ञ गुमनाम नै रहेको देखिन्छन ।

दुई चार जना हिम्मत गरेर हाम फालेर गए पनि सरकार र संघसंस्था फोहरी खेलमा लामो समय टिक्न सक्दैनन । बिशेशज्ञहरू केहि आफ्नो इज्जत, मान र सम्मान पनि राख्न चाहन्छन, जुनस्वाभाविक पनि हो ।

नेपाल बाट बिदेश गै केहि ज्ञान, सिप, दक्षता र बिशेषता सिकेका हरेक नेपालीको मनमा आफु सक्षम भैसके पछि देशको लागि केहि दिऊ वा गरौ भन्ने भावना लुकेको हुन्छ ।

तर कहाॅ, के, कसरी गर्न सकिन्छ भनि एउटा बलियो बिश्वासिलो सिक्रि वा च्यानलको खोजि गरिरहेका हुन्छन ।

केहि सक्नेहरूले सरकार र संघ संस्था छाडेर आफ्नो बुतोमा प्रत्यक्ष्य रूपले गाऊ, समुदाय, जिल्ला वा देशको सेवा गरिरहेका पनि छन ।

समस्या हरेक सरकारले बिशेषज्ञहरू लाई कुनै पार्टिको साघुरो घेरा वा आफ्नो डायरी नराखी एउटा दिर्घकालिन योजनामा संलग्न गराउन जरूरि छ । सरकार र एनआरएन संग अपडेट रोस्टर स्थायी रूपमा बनाउने र उनिहरूको बिशेषज्ञता लाई निशुल्क वा शशुल्क प्रयोग गरि देश बिकाशमा लगाउनु जरूरि छ ।

सरकारले बिकाशको कार्यमा बिश्वबाट बिशेषज्ञहरूको खोजी गर्दै गर्दा हरेक मन्त्रालय, बिभाग का मन्त्री, सचिब, डाइरेक्टर हरू संग बिश्वभर भएका नेपाली बिशेषज्ञहरूको रोष्टर रातो फाइलमा वा कम्युटरको डेष्टब मै राखिएको हुनुपर्छ । बिदेशीले भन्दा दुई डलर कममा मन लाएर गुणस्तरिय काम बिदेशीले भन्दा नेपालीले नै गर्नेछन ।

निशुल्क शिक्षा, स्बास्थ्य, भ्रष्टाचार नियन्त्रण, सिस्टम, प्रबिधी र दिर्घकालिन रोजगारी जस्ता बिदेशमा नेपाली बिशेषज्ञहरूको अनुभब, सुझाब र सल्लाह लिएर देश बिकाश लगाउनु आजको सरकारको आबश्यकता हो ।

भाषण,गफ, सिटिड, मिटिड, कार्यपत्र, योजना,सुझाब, सल्लाह धेरै बर्ष भए। जुन सरकार आए पनि आफ्नै पार्टि कार्यकर्ता खोज्ने प्रबृति बन्द गर्नु पर्छ । काम गर्ने सरकारले हो, एउटा स्थायी च्यानल बनाएर बिशेषज्ञहरूको प्रयोग गर्न जरूरि छ । एनआरएनले पनि बाहिर रहेका बिज्ञहरू लाई समेट्न जरूरि छ ।

एनआरएन हरू पनि भर्चुअल वर्ल्ड,एडभरटाईजमेन्ट ,पोजिसन म र मेरो कुरा मा उपलब्धि बिना रमाउनु भन्दा सरकार लाई उत्तरदायी बनाउन र दबाब दिन सक्नु पर्छ। सल्लाह, सुझाब, रिसर्च र कार्यपत्रहरू मन्त्रीको पकेट वा दराजमा आज सम्म थन्किए त्यसको खोजी निती गर्नु पर्छ !

एउटा बिशेषज्ञको ज्ञान र अनुभबको पसिना र रगतले सिन्चिएको सोधपत्र दराज थन्कियो वा रद्दिको टोकरीमा पुग्यो भने उसको मन कस्तो होला । के उसलाई पुन: काम वा योगदान दिने मनहोला बिचार गर्न जरूरि छ ।

त्यसैले एनआरएन ले निजि स्वार्थबाट माथि उठेर सरकार, मन्त्री र मन्त्रालयलाई जवाफ देहि वनाउन दबाब दिन सक्नु पर्छ। एनआरएन हरूले म र मेरो कार्यकालमा के गरे भन्दा दिर्घकालिन योजनामा एक इट्टा थप्न सक्नु पर्छ वा एउटा भर्याङ् माथि चढ्न सक्नु पर्छ।

बिशेषज्ञहरूले पनि देशले के दियो भन्दा पनि मैले देशलाई के दिन सक्छु भनेर सोचेर काम लिन जरूरि छ । देश र जनतालाई प्रत्यक्ष्य उपलब्धि वा परिणाम नहुने सबै कुरा र काम गफै हुन भन्ने कुरा सबैले राम्ररी बुझ्न जरूरि छ ।

संस्था आफैमा खराब कहिल्यै हुदैन । चलाउने ब्यक्तिहरूको नियतीमा निर्भर गर्दछ ।तर पनि हरेक स्बंमसेबकको निशुल्क प्रयास र परिश्रम लाई सलाम र सम्मान गर्न कंजुश्याई गर्नुहुदैन । एनआरएन आइसिसि ले पनि कम्तिमा हरेक देशका सबै क्षेत्रका इच्छुक बिशेषज्ञहरू को नाम,सम्पर्क र उनिहरूको website link आफ्नो website मा तत्काल राख्न सक्दछ ।

एनआरएन आइसिसि ग्लोबल नलेज एक्सचेन्ज प्रोग्राम कार्यक्रम फलदायी होस, यसको स्वाद गाऊका गरिब जनताले समेत लिन सकुन ।

सफलताको शुभकामना । -महेश भट्टराई ,मेरिल्याण्ड,

प्रतिक्रिया