अनेसासको “अन्तर्दृष्टि”ले पूर्णता पायो

इनेप्लिज २०७७ भदौ २२ गते १४:५३ मा प्रकाशित

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन अन्तर्दृष्टि” पत्रिकाको सम्पादन समूहले पूर्णता पाएको छ। यसको कार्यकारी सम्पादकमा सुरेन्द्र अस्तफल (नेपाल) मनोनित भएका छन्।यसअघि पनि उन‍ले अन्तर्दृष्टिमा कार्यकारी सम्पादकको भूमिका निर्वाह गरिसकेका छन्।

यसैगरी सम्पादक मण्डलमा दीपेन्द्र केसी ( बेल्जियम),दीपा राई पुन (अमेरिका),अर्जुन श्री (पोर्चुगल),विनोद परिवर्तित( कोरिया), प्रकाश सापकोटा (डेनमार्क), सुमन वर्षा (नेपाल), प्रेमप्रसाद भट्टराई (कतार), हरि अधिकारी (अष्ट्रेलिया) ,आविष्कार भारती ( अमेरिका) र चन्द्रप्रकाश गिरी ( भारत) रहेका छन्।

यसअघि नै प्रकाशनको प्रधान सम्पादकमा बेलुकाजी थापा मनोनित भइसकेका छन् ।समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया