परिवर्तित मोड

डा बुनु दाहाल २०७७ भदौ २२ गते १३:०९ मा प्रकाशित

 

हरेक मानिसको जीवन परिबर्तनशिल छ । कहिले सुख कहिले दुख कहिले हाँसो अनि कहिले रोदन । प्रकृतिलाई नै हेर्नुस न कहिले रात कहिले दिन । रातै रात भएको भए के हुन्थ्यो ? अनि दिनै दिन मात्र भए के हुन्थ्यो ? कहिले कठ्यान्ग्रिलो जाडो त कहिले प्रचण्ड गर्मि । बनस्पतिलाई नै हेरौ न कहिले पालुवा पलाएर झर झुम्म मानौ नब दुलहन जस्ती त कहिले पात सुकेर उराठ अनि उजाड उजाड मरुभूमि जस्तो । यसरी प्रकृति त परिवर्तनशील छ परिवर्तनको दुनियाँमा बाँचेको छ हाँसेको छ भने मानिसको त कुरै रहेन ।

प्रकृति त परिवर्तनशील छ

त्यसैगरी मानिसको जीवन पनि पाइलै पिच्छे परिवर्तनको संघारबाट बिमुख हुन सक्दैन । तपाइ यो नसोच्नुहोस म खुसि र आनन्दित छु । कुनै पनि बेला तपाइको जिबनमा दुख आउन सक्छ । त्यो अबश्यमभाबि छ । त्यसको लागि तपाइँ तयार भएर बसे हुन्छ । यदि तपाइँ दुखमा हुनु हुन्छ भने त्यसको पछी पनि सुख आउन सक्छ धैर्य गर्न नछोडनुस । त्यस्तै एउटा मानिस कुनै समय भयङ्कर गुण्डा थियो भने भोली उ ज्ञानी महात्मा पनि हुन सक्छ । रत्नाकर डाकु महर्षि भएको कुरा त हामि सबैलाई सर्बबिदितै छ । यस्तै यस्तै चक्र परिचक्रका बीच जीवन गुज्रिएको हुन्छ ।

एक दिनको कुरा हो, बाटो बाटोमा पर्चा पम्प्लेट यत्र तत्र छरिएका हुन्छन । पर्चामा मेरा आँखा पर्छन । टिपेर हेर्छु त्यो एउटा अध्यात्मिक प्रवचनको प्रचार हुन्छ । मनमा कताकता कौतुहलता र उत्सुकता पैदा हुन्छ, त्यो प्रचन सुन्ने । यो करिब १८-२० बर्ष अघिको कुरा हो । कार्यक्रम कोटेश्वर स्थित एस ओ एस को चौरमा रहेछ, म पनि गएँ सुन्न भनेर । बास्तबमा भन्नु पर्दा त्यो भन्दा पहिले मैले कहिल्यै पनि त्यस्तो अद्यात्मिक प्रबचन सुनेको थिएन । म खासै चासो पनि राख्दिन थिए । कार्यक्रम बेलुका ५.३० देखि ७.००० बजे, एक हप्ता सम्म धारा प्रबाह रुपमा चल्ने रहेछ ।

मेरो जीवनमा नितान्त नयाँ नौलो र फरक फरक अनुभूतिका साथ् एक हप्ताको प्रबचन सुन्ने काम भयो । त्यहाँ स्वयमसेवकहरुवाट प्लास्टिकको झोला दिइयो, जुत्ता चप्पल राखन । बस्ने ठाउ ब्यबस्थित थियो । अनुशाशित र मर्यादित थियो । सबै शिष्ट र शालीन थिए । बिचमा प्यासेज थियो । त्यसको एकातर्फ महिला अर्को तर्फ पुरुष बस्ने ब्यबस्था थियो । अगाडी पट्टि पुष्प गुच्छाले सजाइएको भब्य मन्च । त्यो भव्यता र सजावट देख्दा कुनै राजा महाराजाको आगमन भन्दा कम थिएन । देखेर छक्क परे । उठेर हिड्न मन लाग्यो तर हिडौ कसरि ? म बसेको पछाडी अनगन्ती प्रेमिल मनहरुको आगमन निरन्तर थियो । भुइमा कार्पेट र माथि त्रिपालले ढाकेको ठाउ खचाखच भैसकेको थियो । तोकिएको निश्चित समयमा पित बस्त्रधारी एक महिलाको आगमन भयो । सबैले आ आफ्नो ठाउबाट गडगडाहट तालीले स्वागत गरियो । आगन्तुक व्यक्तित्व मेरो जीवनको देखाई र भोगाई भन्दा बिल्कुल फरक, नौलो अनि भिन्न, नितान्त नयाँ । केहि सामान्य औपचारिकता पश्चात प्रबचन शुरु हुन्छ धारा प्रबाह रुपमा ।

म बसेको पछाडी अनगन्ती प्रेमिल मनहरुको आगमन निरन्तर थियो 

त्यसताका सम्म म हिन्दि बिल्कुलै बुझ्दीन थिए । अर्को कुरा धर्म र धर्मशास्त्रको कुरा मेरा लागि कालो अक्षर भैसी बराबर थियो । तर पनि सात दिन सम्म नै ५.३० देखि ७ सम्म गएँ, बसें र सुने । त्यतिखेर मेरो त्यो समय सदुपयोग भयो वा दुरुपयोग म आफै अन्यौलमा परे । पहेलो सल ओडेर प्रबचन सुन्न बसेका कतिपय महिला बेलाबेला सुक्क सुँक्क गर्थे । आवाज आएतिर टाउको घुमाएर हेर्दा सलले आँसु पुछ्दै रोइरहेका हुन्थे । प्रबचन सुन्दा पनि उनीहरु किन यसरि रुन्छन् ? म बिल्कुल अनभिज्ञ र अन्जान थिए । सात दिने प्रबचन कार्यक्रम सकियो । मेरो सोच चिन्तन र भावनामा खासै परिवर्तन भएन तर मेरा नयाँ साथि संगति भने बढेका थिए ।

समय बित्दै गयो । नेपालीहरुको महान चाड बडादशै आउन लागेको थियो । म पनि त्यसको तयारीमा ब्यस्त थिएँ । त्यहि बीच एक दिन त्यहि चिनेकी मेरी नयाँ साथि ताराले फोन गरिन । दशैमा बर्साना धाममा साधना हुन्छ रे जाने हो, भनेर सोधिन । याहा दशैमा बा आमाको हातको टिका लगाउने, खसी काट्ने सारा छोडेर इन्डिया, चिन्नु न जान्नु, कहिले थाहा नपाएको नसुनेको ठाउ, भो नजाने भने ।

त्यो बेला मोबाइलमा सर्बसाधारणको सहज पहुँच थिएन । हामी जस्ताले काँहा पाउनु ? एक दिन टेलिफोनको घन्टी बज्यो, फोन उठाए । कृपालुजी महाराजका अनन्य भक्त राधे राधेका अनुयाई नरेश दाइको रहेछ । उहा शिष्टता सालिनता र सभ्यताको प्रतिमूर्ति हुनुहुँदो रहेछ । उहाँले पनि उही बरसाना जाने बारे कुरा गर्नु भयो । दशैको टिका सकाएर अनुकुलताका आधारमा जान मिल्ने कुरा गर्नु भयो । मैले उहाँलाइ व्यक्तिगत रुपमा नचिने पनि उहाँको ब्यबहार कुरागराइ शालीनता र नम्रताले म मा पनि कताकता कौतुहलता र सकारात्मक सोच उत्पन्न भयो । जाउ जाउ जस्तो लाग्यो । घरमा कुरा गरें, अनुमति मिल्यो , जाने भएँ । दशैको टिकाको तेश्रो दिन जाने भैयो राधे राधेको पबित्र धाम बरसाना ।

शालीनता र नम्रताले म मा पनि कताकता कौतुहलता र सकारात्मक सोच उत्पन्न भयो

कलंकी वाट हाम्रो यात्रा शुरु हुन्छ समुहमा । बीच बिचको खानपानको व्यवस्थापन स्वयमले गर्नु पर्ने रहेछ तर आफु भने यस बिषयमा अनभिज्ञ । त्यो दिन बेलुका भैरहवाको एउटा होटेलमा पुगेर खान पानका साथ बिश्राम गरियो । भोलि पल्ट त्यहाँवाट बस चढी गोरखपुर पुगेर ट्रेन समातियो । यस अघि कहिले पनि ट्रेनको अनुहार नदेखेकी म अनौठो लाग्यो । यात्रामा केहि असहज र अमिल्दा प्रसङ्ग पनि भए तर त्यस बारेमा यहा चर्चा गर्नु सान्दर्भिक लागेन, गरिन ।

रातभरिको ट्रेन यात्रा पछी अर्को दिन जँहा पुगियो त्यो मेरा लागि नितान्त नयाँ र अनौठो अनुभब थियो । धामको परिसर भित्र छिरे पछी सुकोमल हातमा छिन छिन चुरा बझे झैँ अनुभूत हुने त्यो “रंगेलिमहल “ सान्चिनै अनुपम र अद्भुत थियो । संगीतको धुनले गुन्जायमान थियो । देख्दै आकर्षक र भिमकाय गेटवाट भित्र छिर्नासाथ इन्द्रेणी झै फोहरा बीच सजिएको फुलबारी सान्चिनै राधाकृष्णले रोमान्स र लिला गरे झैँ भान हुन्थ्यो । म त हेरेको हेरै भए । आहा ! कति सुन्दर कति राम्रो दृश्य ! यो सब देखेर तेत्रो लामो यात्राको थकान सब बिर्सियो । खान पान र बसाइ सम्बन्धि सबै ब्यबश्था नरेस दाइले मिलाउनु भयो ।

मेरा लागि एउटा सकसको कुरा म नारी भएपनि साडी लाउन त्यति नरुचाउने अनि ढंग पनि कम भएकी | । त्यहा त गोपियाँ जस्तो सबैलाइ साडी लाउन अनिबार्य थियो । शरीरको कुनै भाग देखाउन नपाइने । लिपिस्टिक टिका र मेकअप त परै छोडौ । रमाइलो कुरा साथीहरुबाट मलाई पनि २ वटा साडी मिल्यो । कुर्ता सलवार माथि साडी लगाई बल्ल संकिर्तनमा सामेल हुने सौभाग्य पाए । प्रबचनको समयमा नियम कडा रहेछ,बस्ने ठाउ, खाने ठाउ सबैमा । महिला पुरुष अलग अलग । कोही कसैको मतलब छैन केवल साधना ! साधना ! अनि साधना मात्र !!

कोही कसैको मतलब छैन केवल साधना ! साधना ! अनि साधना मात्र !!

केहि दिन त म, कस्तो ठाउमा आए भनेर दिक्क लाग्यो । जब साधना भनेको के हो भनेर बुझ्दै गए, बल्ल राहत महसुस भयो । प्रभु प्रति लिन हुनको लागि संकिर्तनमा डुब्नु पर्ने रहेछ । संकिर्तनमा अग्रज र प्रमुख व्यक्तिहरुले अगाडी वाट भजन गाउने अनि सबले त्यसको फलो गर्नु पर्ने रहेछ । शुरुका दिनमा त काँहा बुझ्नु, त्यसको मर्म र भाबना ? कालो अक्षर भैंसी बराबर ! ध्यानमा डुबेर भजन गर्दै गर्दा बुझ्दै जान थालियो अनि त आनन्दानुभुतिको अनुभब हुन थाल्यो म मा पनि । यसरि बाटो मोडियो । जिन्दगीको यात्रले कहावाट कहा पुर्यायो ? नसोचेको कुरा भयो । मानिसको जीवन कहा सोचे जस्तो र खोजे जस्तो मात्र हुँदो रहेछ र ? पन्ध्र दिनको ध्यान, संकिर्तन र भजन सहितको बरसाना बसाइ अनि केहि दिनको वृन्दाबन घुम फिर पछी हाम्रो टोलि नेपाल फर्कियो ।

प्रसङ्ग बृन्दाबनको आयो । थोरै शेयर गर्न चाहे । नितान्त नया र फरक परिवेश रहन सहन अनि वाताबरण, अनौठो अनुभुत भयो । साँघुरो गल्लि छिचोल्दै “बाँकेबिहारी” जी को दर्शन गरियो । मन्दिरको आसपासमा राखिएका र सजाइएका फुल अनि मिठाइले साँचै रमाइलो र स्वर्गीय आनन्दको अनुभब भयो । “निधिबन” जहा राधाकृष्णको रास लिला अहिले सम्म पनि यथावत रहेको ठाउ । गेट भित्रका लता लहरा अनि बिचमा अबस्थित कुटी रुपी भबन । आहा ! कति सुन्दर , कति मादक अनि मनमोहक ! यसको बयान गर्न म असमर्थ छु । गेट बाहिर यत्र तत्र र झुण्ड झुण्ड ठुलो संख्यामा रहेका हाम्रा पूर्वज (बाँदर )अनि शान्तिका अग्रदुत (परेवा ) गेट भित्र उफ्रेर नजाने रहेछन । यो एउटा अनौठो र अचम्मको अनि अध्ययन र अनुसन्धानको बिषय ठानेको छु स्वयमले । जमुना नदीको किनारामा अवश्थित सुन्दर र मनमोहक दृश्य र परिवेशले कसको मन नलोभ्याउला अनि रोमान्चित नबनाउला ? यी सब त्रिकोण यात्राको क्रममा अनुभूत गर्ने मौका मिल्यो ।

“निधिबन” जहा राधाकृष्णको रास लिला अहिले सम्म पनि यथावत रहेको ठाउ

पाएसम्म मासुको बिभिन्न परिकार बनाएर खानु पर्ने । सकेसम्म राम्रै लाउनु पर्ने मानिस म । कसरि यति छिटै यत्रो ठुलो परिवर्तन भयो म स्वयम् अचम्मित बने । हुँदा हुँदा सुख दु:ख जीवनको पाटो हो, जीवन यात्राको सहयात्री हो भन्ने भाबको बिजारोपण भयो । अनि यी सबै सांसारिक कुराहरु साधारण र सामान्य हुन् भन्ने लाग्न थाल्यो । योग न्यास ध्यान पुजा पाठ तिर मन जान थाल्यो । अनि दैनिक योगा, पुजा पाठ र आराधना गर्न पो थाले । जसले मनलाई आनन्द र शान्तिको अनुभूत हुन थाल्यो । अहिले सम्म आइपुग्दा मैले धेरै पटक बरसाना, मनगड ,वृन्दाबन, उडीशाको यात्रा गरेको छु । साधना र प्रबचनमा सामेल भएको छु । धेरै सत्मार्गी साथीभाई बनेका छन् । सुख दु:ख जीवनका घाम छाया जस्तै हुन् । यसबाट कोहि पनि बिचलित र बिरक्त हुनु हुँदैन भन्ने भावनाको बिकास भएको छ । साथै सबै पाठक बृन्दहरुमा पनि यहि सोचको बिकास हुनेछ भन्ने अपेक्षा लिएकिछु ।

प्रतिक्रिया