नयन सिं र अनु प्रधानको अभिनयमा तिमीमै रहुँ (भिडियो सहित)

इनेप्लिज २०७७ भदौ २२ गते १२:१७ मा प्रकाशित

 

काठमाडौं।पछिल्लो समयमा लकडाउनको कारण सबै क्षेत्र सुन्य भएझैं मनोरञ्जन क्षेत्र झनै ठप्प छ।लकडाउनपछि निशेधाज्ञा भन्दा अगाडी केही कलाकर्मीहरुले थोरै म्युजिक भिडियोहरु निर्माण र अभिनय गर्न भ्याए । यस्तै भाग्यमानी कलाकारको सुचीमा परेका छन् मोडल नयन सिं पनि।उनले त्यही समयमा अनु प्रधानसँग अभिनय गरेको भिडियो सार्वजनिक भएको छ।

तिमीमै रहुँ बोलको गीतमा सुनिल शाहको शब्द तथा दिपेन्द्र शाहको संगीत रहेको छ भने बिशाल निरौला र अस्मिता अधिकारीको स्वर रहेको छ।विभिन्न मनोरम दृष्यहरु समावेश गरी छायाँकन गरिएको भिडियोमा नरेश ऐरको छायाँकन, विक्रम चौहानको निर्देशन तथा मिलन विश्वकर्माको सम्पादन रहेको छ।

बाँकी यो भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया