गायिका जुना श्रीषको आवाजमा ”गोधुली साझैंमा” भिडियो सहित

इनेप्लिज २०७७ भदौ २२ गते ११:५० मा प्रकाशित

काठमाडौँ ।

नेपाली मौलिक लोकदोहोरी गीत संगीतको क्षेत्रमा परिचित गायिका जुना श्रीष , सिता केसी र गायक नेत्र भण्डारी र कृष्ण केसी आवाजमा रहेको ”गोधुली साझैंमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ।

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडीको प्रेमका भोगाईहरुलाई गीतमा समावेश गरिएको छ।मर्मस्पर्शी शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी प्रेमीको यादले दिनरात सताउने कुरा गीतमा गरिएको छ ।आकर्षक रुपमा तयार पारिएको गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ।चित्र बहादुर आचार्यको शब्द तथा लय सिर्जना रहेको छ ।करण चैसिरको छायाँँकन,मनोज कार्कीको स्म्पादन तथा करण चैसिरको निर्देशन भिडियोमा रहेको छ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया