अनेसास प्रवक्तामा पूजा मनोनित

इनेप्लिज २०७७ भदौ २२ गते ०:१३ मा प्रकाशित

समाचारदाता .अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रवक्तामा गोवर्ध्दन पूजा मनोनित भएका छन् । अनेसासको विधान अनुरुप एकजना प्रवक्ता मनोनयन गर्ने प्रावधान रहेको छ । समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

मनोनित प्रवक्ता पूजा साहित्य र पत्रकारितामा चिरपरिचित नाम हो ।अन्नपूर्ण पोस्टको वरिष्ठ उपसम्पादकका रुपका करिब दश बर्षको अनुभव सँगालेका पूजा त्यसअघि हिन्दू,कालान्तर,दिव्यदर्शन,मधूरस,राष्ट्रशक्ति,श्रीदेउराली लगायतका पत्रिकाको विभिन्न पदमा रहेर कार्य गरेका थिए ।नेपाली र भूगोल विषयमा एमए गरेका पूजाका १० ओटा साहित्यिक कृति प्रकाशित छन् ।

दश वर्षअघि अमेरिका आउनुअघि पूजाले पत्रकारिता र विभिन्न कलेजमा प्राध्यापन गर्ने गर्दथे । अनेसाको महासचिवमा दुई कार्यकाल बिताएका पूजा हाल वरिष्ठ उपाध्यक्षका रुपमा आबद्ध छन । प्रवक्ताको कार्यकाल दुई वर्षको रहने छ छन ।

प्रतिक्रिया