आयरल्याण्डमा बन्यो साझा सद्भाव समूह

बिष्णु जोशी २०७७ भदौ २० गते २१:१९ मा प्रकाशित

 

बिष्णु जोशी

डब्लिन सेप्टेम्बर-२

युरोपेली देश आयरल्याण्डमा सुनील भट्टराईको संयोजकत्वमा सात सदस्यीय ‘साझा सद्भाव समूह आयरल्याण्ड’ गठन भएको समाचार प्राप्त भएको छ।

सद्भाव समूहको सह-संयोजकमा असिम गुरुङ रहेका छन् भने अन्य सदस्यहरुमा सुरेन्द्र दुरा, आशिष रायमाझी, महेन्द्र राना, बिराज शर्मा र नबीन भण्डारी रहेका छन्।

कोभिड-१९ को त्रासका बीच भएको कन्फरेन्स बैठकले सो कार्य समिति निर्माण भएको हो। स्थिति सहज भएपछि भौतिक रूपमा बैठक बसी कार्य समितिको थप बिस्तार गरिने संयोजक सुनील भट्टराईले बताए।

केही हप्ता पहिला युरोप महादेशीय समितिको गठन भएपछि युरोपेली देशहरुमा सद्भाव समूहको गठनलाई तीब्रता दिएको युरोप महादेशीय संयोजक एसके श्रेष्ठले बताए। साझा सद्भाव समूहको यो पन्ध्रौं राष्ट्रिय समिति रहेको सद्भाव समुहका अन्तर्राष्ट्रिय संयोजक डा. राजेन्द्र पंगेनीले बताए।

प्रतिक्रिया