बज्जिकाको ४० औँ साहित्य गोष्ठी सम्पन्न

इनेप्लिज २०७७ भदौ २० गते १२:१० मा प्रकाशित

रौतहट,

बज्जिका साहित्य संगम रौतहटको चालिसौँ साहित्य गोष्ठी सम्पन्न भएको छ । संगमका अध्यक्ष श्याम सहनी चन्द्रांशुको अध्यक्षतामा गरुडा नपा ५ महम्मदपुरस्थित आँपको बगैँचामा सम्पन्न गोष्ठीमा सहभागी हरेक सर्जकले पर्याप्त सामाजिक दुरी अपनाएर भुइँमा बोरा ओछ्याएर बसेका थिए।

कुनै कोठामा कार्यक्रम गर्दा कोरोना संक्रमणको डर हुने भएकोले खुल्ला ठाउँमा आँपको बगैँचामा गरिएको संस्थाका कोषाध्यक्ष किशुनदयाल यादव श्रीकृष्णले बताएका छन् । कार्यक्रममा सर्लाहीका बज्जिका साहित्यकारद्वय सञ्जय सुदामा, रुपेश पटेलका साथै संगीता सहनी, रेणु गुप्ता, शेख चाँद अलि, केदार यादव, सञ्जय मित्र, मनोजकुमार चौधरी, श्याम चन्द्रांशु,किशुनदयाल यादव श्रीकृष्णलगायतले कविता, मुक्तक, कथा तथा गीत वाचन गरेका थिए।

गत फागुनमा कार्यक्रम सम्पन्न भएपछि कोरोनाको कारण बन्द रहेको नियमित साहित्य गोष्ठी नयाँ परिवेशमा नयाँ किसिमले सुरुआत गरिएको र अब फेरि कार्यक्रमले नियमितता पाउने अध्यक्ष चन्द्रांशुले बताएका छन्।

प्रतिक्रिया