लघुकथाः अनाश्रुत सुख

अलका मल्ल, काठमाडौं २०७७ भदौ २० गते ११:१३ मा प्रकाशित

अस्मिता र आइते बिद्यालयका मिल्ने साथी थिए।एस.इ.इ. सक्किएर उनिहरु एउटै क्याम्पसमा भर्ति भए।उनिहरु पढाइका बिषयमा एक आपसमा सल्लाह गर्ने गर्थे।मित्रताको डोरी बलियो हुँदै यिनिहरु प्रेमील जोडी बन्न पुगे।आइते धनाध्य परिवारका थिए त्यस्तै अस्मिता साधारण परिवार सम्बद्घ चेली थिइन्।समयको घडी संगै यी जोडीको बलियो सम्बन्ध बिबाह गर्ने निर्णयमा पुग्यो।दुबै जनाले आ–आफ्नो घरमा बिबाहको लागी अनुमती मागे तर दुबैको परिवारबाट स्वीकार्य हुन सकेन।आइतेका परिवारलाई धन सम्पत्तिको घमण्ड थियो त्यस्तै अस्मिताका परिवारलाई आफूहरु माथिल्लो जातका भन्ने अहम् थियो। आइतेका परिवारले गरिब घरकालाई बुहारी बनाई भित्राउने कुरा स्वीकारेनन् भने अस्मिताका परिवारले तल्लो जातका संग बिबाह गर्ने छोरीको सोचलाई स्वीकार्न तयार भएनन्।

परिवारबाट असहमती जनाए पछि उनिहरु भागी बिबाह गर्ने निधोमा पुगे र एकदिन मौका छोपी भाग्न तयार हुँदै थिए दुबै पक्षका परिवारलाई उनिहरु भाग्न लागेको कुराको सूईंको पाएर आफ्ना छोरा छोरीलाई बाटै बाट कुट्दै घिसार्दै घर फर्काए तर उनिहरु भित्र फैलिएको प्रेमको अदृश्य गहराइ यी जोडीनै बुझ्दथे।अस्मिता र आइते घरमा बन्दी सरह बसेता पनि मोबाइलको सहाराले कुरा कानी गर्ने कार्य भने रोकिएको थिएन।आपसमा संधै मनका कुरा साटासाट गर्ने गर्थे। एक अर्को बिना बाँच्न नसक्ने भएपछि उनिहरु सामूहिक आत्महत्या गर्ने निर्णयमा पुग्छन् र भोलीपल्ट बिहानको मिर्मिरे उज्यालोमा घरबाट धेरै टाढा भागेर नदिमा फाल हान्न के लागेका थिए एकजना बुढा बाले देखिहाल्नु भो र दुबैको कठालो समातेर आफूतिर तानी दुबैलाई बचाउन सफल भए।मानिसको यति राम्रो जीवन मा तिमीहरु बाँच्न नजानेका भन्दै केही गाली गर्दै र सम्झाउँदै आत्महत्या गर्ने निधो गलत हो भन्ने कुराको ज्ञान दिंदै आफू बस्ने झुपडीमा लग्नु भो।बुढा बा माझी हुनुहुन्थ्यो दुइ छाक धान्न माछा मारी पैसा कमाउँदै आफ्नो गुजारा चलाउँदै आइरहनु भएको थियो।उहाँले जीवनमा भोगेका संपूर्ण दुःखका बृत्तान्त र आफ्ना संपूर्ण परिवार बाढीले बगाई मृत्यु भएका कारण आफू एक्लो जीवन बिताउँदै आएको कुरा सुनाउनु भो।बुढा बाका कारण यी जोडी को नयाँ परिवार बन्यो।यी परिवार आजभोली निकै खुसी देखिन्छन्।बुढा बालाई अस्मिता र आइतेले अब देखि काममा नजान आग्रह गर्दै बुबाको दर्जा दिई सेवा गर्न थाले।

अस्मिता र आइतेले नसोचेको अभिभावक र नयाँ जीवन पाएकोमा आफूहरुलाई गर्व गर्न थाले।बुढा बाले पनि आफ्ना सन्तान सरहका यी जोडी पाएकोमा आफूलाई भाग्यमानी सम्झन थाले।यसरी यी तीन जना नयाँ परिवारको सुखमय जीवनको थालनी भयो।

मानिसहरु गरीबी, घरायसी झै झगडा, कसैबाट शोषित, मनमा थुप्रै आशंकाहरु यस्तै यस्तै अनेकौं कुराहरुबाट तनावग्रस्त बन्न पुग्छन् र मनलाई बसमा राख्न सक्दैनन्।उनीहरु बाँच्नुको कुनै औचित्यनै नदेखेपछि आत्महत्या गर्ने सोच एवं निर्णयमा पुग्छन्।तसर्थ हामी आफू बाँचुन्जेल आफू बाचौं र बाचुन्जेल यस्ता नकारात्मक सोचलाई बञ्चित गराई आत्महत्या गर्न लागेकाहरुलाई सुमार्ग देखाई बाँच्न सिकाऔं।

मानव जीवनका भविष्य अनिश्चित हुन्छन्।जसरी भेल सरहका समस्या र अवरोह आउन सक्छन् एवं रितले सुखद परिस्थिती पनि श्रृजना हुन सक्छन् ।

अलका मल्ल, काठमाडौं

प्रतिक्रिया