कालिज पालेर सफल हुने तरिका, ७० वर्षिय बाले कालिज पालेर तेब्बर कमाउने जुक्ति बताए

इनेप्लिज २०७७ भदौ २० गते ०:०५ मा प्रकाशित
सुनिता कार्की, पाेखरा, १९ भदाै ।   गरे के हुदैन  र  ! नेपालमा नै गरे जे पनि हुन्छ । नेपालमै सुन फल्छ मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन,  माछापुच्छे गाउँपालिका -६ नुबागाउँ धितालकाेट एकिकृत कृषि फर्मका संचालक  बलराम अधिकारी ! अधिकारीले  आफ्नाे घर अगाडि फर्म खाेलेर कालिज पालन गरेका छन् । कालिजले दाना भन्दा पनि बढि घास खाने घास बढि रूचाउने हुदाँ जङगलबाट घाँस काटेर पनि हाल्ने गरेकाे उनि बताउँछन्।

कालिज पाल्नकाे लागि उनले ५ -७ राेपनि जग्गामा  फर्म बनाएका छन । सुरूमा त लगानि लगाउँनै पर्ने हुन्छ कालिज गर्मि भन्दा चिसाे सहने खालकाे हुन्छ। व्यवसाय हाे सहेर खटेर गर्नुपर्छ अरू व्यवसाय जस्ताे याे व्यवसाय त्यति गाह्राे हुदैन  बलराम  भन्छन् ।

उनले काठमान्डाैँ तिर गएर कालिज पालन गरेका दुइ चार वटा फर्ममा हेरेर बुझेर भिजन बनाएर कालिज बाट पनि राम्राे आमदानी हुने रहिछ भनेर आफुले पनि  फर्म खाेलेर कालिज पालन गरेकाे बताउँछन ।

उनले चार महिना अगाडि कालिजका चल्ला हालेका थिए । उनी याे व्यवसायबाट निकै उत्साहित रहेकाे याे व्यवसायमा सकारात्मक रहेकाे बताउछन ।

कालिज पालनकाे लागि उनलाई कसरी प्रेरणा मिल्याे कालिजकाे चल्ला राखेर पछिकाे  आफ्नाे अनुभव कस्ताे रह्याे भन्ने बारे बलराम यस्ताे बताउछन । धितालकाेट एकिकृत कृषि फर्मका संचालक बलराम अधिकारी सँगकाे कुराकानी तल काे भिडियाे हेर्नुहाेस :

प्रतिक्रिया