युटुबको ट्रेन्डिङ्मा गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’

इनेप्लिज २०७७ भदौ १८ गते ९:५६ मा प्रकाशित

गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’को म्युजिक भिडियो अहिले युटुबको ट्रेन्डिङ्मा रहेको छ ।

गायक स्वयमको शब्द, संगीतमा रहेको लोक पप डान्सिङ फ्युजनमा तयार पारीएको गीतलाई नेपाली दर्शक श्रोताले अत्याधिक रुचाईरहेका छन ।

विधान कार्कीले निर्देशन गरेको भिडियोमा अहिलेका व्यस्त तथा चर्चित मोडेलहरु सुधिर श्रेष्ठ, रियाशा दाहाल र राम्रो सम्भावना बोकेका मोडेल सुशील रेग्मीको अभिनय रहेको छ ।

भिडियोमा उत्सव दाहालको छायांकन, बिकाश दाहालको सम्पादन तथा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने दिपेन गौतमको निर्माण नियन्त्रणमा बनेको छ ।अहिलेको कोरोनाको महामरिमा सबैले घरमै बसेर भिडियोलाई हेरिदिन हुन र माया गरिदिनु हुन साथै घरमा नै आफ्नो परीवारसंग सुरक्षित साथ बस्न हुन आग्रह गर्छन् गायक सरोज साजन श्रेष्ठ ।

तेजनेपालको तर्फबाट गायक सरोज साजन लगायत सम्पूर्ण ‘माया नयनी ताल’को टिमलाई हार्दिक बधाई तथा अझै धेरै प्रगती र सफलताको शुभकामना ।

https://www.youtube.com/watch?time_continue=1&v=6qKkA6BQO6o&feature=emb_logo

प्रतिक्रिया