नौ डाॅंडा काटेपछि म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७७ भदौ १६ गते १०:१३ मा प्रकाशित

नेपाली साहित्यका विविध विधामा विगत साढे चार दशक देखि नियमित लेखनका माध्यमले राम्रो पकड राख्ने साहित्यकार गोविन्द गिरीप्रेरणाको शब्दको दोश्रो गीति एल्वम “गुनासो” मा संग्रहित गीत “ नौ डाॅंडा काटेपछि “ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गोविन्द गिरी प्रेरणाको शब्द , नरहरि प्रेमीको संगीत तथा नरहरि प्रेमी तथा सुमिना लो को दोहोरी स्वर रहेको यो गीत जिवि आग्रीको निर्देशन, दया शंकर चौधरीको छायाॅंकन, काल भैरवको कोरियोग्राफी तथा मीन रावलको सम्पादनमा यो म्युजिक भिडियो तयार भएकोहो । यसमा सुशिल जंग कुॅंवर तथा सुष्मिता कुॅंवरको अभिनय रहेको छ !

कामको लागि परदेश जान लागेकी मायालु र स्वदेशमै रहने प्रेमीका बीच विदाईको क्षणको भावलाई गीतले समेटेको छ ।

प्रतिक्रिया