केही दिनको कुरा हो, घरमै बसौँ

सिद्यान्त यादव २०७७ भदौ १२ गते २१:३३ मा प्रकाशित

 

चीनबाट आयो माहामारी कोरोना
अनि भयो लकडाउनको घोषणा

छौँ हामी सबै घरमा बन्द
जसले गर्दा छैन् आनन्द !

जान नपाएर आफ्ना स्कुल
छन् सबै विद्यार्थी व्याकुल

सङ्क्रमितको संख्या दिन दिनै बढ्दै छ
शिक्षा प्राप्त गर्न अनलाइन कक्षा हुँदैछ

बाहिर जाँदा मास्क लगाउनु पर्छ
नलगाए कोरोनासँग भेट हुन्छ

अहिलेको अवस्थामा साथीहरु सँग नभेट्नू !
भेटेपनि सामाजिक दुरी कायम गर्नू !

समय–समयमा साबुन पानीले हात धुनुपर्छ
हात नधोएमा माहामारी कोरोना सर्छ

लकडाउनको उल्लंघन हामी नगरौँ
केही दिनको कुरा हो घरमै बसौँ

नामः सिद्यान्त यादव , कक्षाः ६
बूढानीलकण्ठ स्कूल, नारायणस्थान,
काठमाडौँ, नेपाल ।

प्रतिक्रिया