भदौ ७ देखि १३ गतेसम्मको साप्ताहिक राशिफल

इनेप्लिज २०७७ भदौ ६ गते १७:३४ मा प्रकाशित

मेष
मेष राशिका लागि यो साता मध्यम खालको छ । साताको शुरुमा काममा वाधा आउनेछ । स्वास्थ्यमा समस्या हुनेछ । मध्यमा आम्दानीको स्तर बढ्नाले पुराना काम पुरा हुनेछन् । मुद्दामामिलामा राहत मिल्ने एवम् कला, संगीत र सामाजिक कार्यमा प्रगति देखिन्छ ।

वृष
सरसल्लाह नमिल्नाले काममा बोझ पर्नेछ । जग्गा जमीनमा विवाद आउनुका साथै आफन्तबाटै असहयोग आउनेछ । साताको मध्यमा भने विद्यामा प्रगति हुने, सन्तानबाट खुशीयाली मिल्ने र आम्दानीको स्तर बढ्नेछ ।

मिथुन
काममा व्यस्तता बढ्नाले व्यक्तिगत काम अधुरा रहनेछन् । साताको मध्यमा भने पारिवारिक कलह एवम् मनमुटावको योग देखिन्छ । साताको अन्त्यमा भने धनसम्पति बढ्ने, सुख सुविधामा मन जाने एवम् सवारी सुखको योग रहेको छ ।

कर्कट
व्यापारमा बढीलाभ हुनेछ ।भोजभतेरमा सहभागी भइनेछ । आर्थिक कारोबार बढ्नाले ऋणको भार कम हुनेछ । इष्टमित्रसँग नयाँ सम्बन्ध बन्नेछ ।

पूरा राशिफलका लागि भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=4Q4bLOfcL8Y&feature=emb_logo

प्रतिक्रिया