छिमेकीलाई कोरोना लागेपछि…. बिरामीलाई कोभिड अस्पताल पुर्‍याउँदा युद्ध जितेजस्तो भयो -यसोदा अधिकारी

इनेप्लिज २०७७ भदौ ६ गते ११:५६ मा प्रकाशित

सगरमाथा टोल बस्ने देवी गुरुङलाई ६/७ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरोका साथै पखाला लाग्ने, खोकी लाग्ने भएपछि जँचाउन गइयो । रिपोर्ट आउँदा कोभिड पोजेटिभ देखियो ।

रिपोर्ट गत साउन २४ गते बिहान ११ बजे आएको हो । त्यसपछि उहाँलाई घरमा राख्ने स्थिति भएन । उहाँको परिवारमा ४ जना थिए– छोरा, छोरी र छोरीका छोरा ७ वर्षका ।

उहाँहरु डेरामा बस्ने । ट्वाइलेट एउटै प्रयोग गर्ने । देवी गुरुङलाई सुगर र प्रेसर पनि थियो । खोकी लाग्ने र डायरिया पनि भयो त्यहीबेला । कोभिड पोजेटिभ देखिएपछि उहाँको परिवार आतंकित भयो ।

https://www.youtube.com/watch?time_continue=33&v=x2xAnbrjePE&feature=emb_logo

प्रतिक्रिया