आज भदौ ६ गतेका मुख्य समाचार

इनेप्लिज २०७७ भदौ ६ गते २:४९ मा प्रकाशित

रुपन्देहीको कञ्चन गाउँपालिका–१ गजेडीकी १६ वर्षीया किशोरीको श‌ंकास्पद मृत्युको घटनामा प्रहरी अनुसन्धान फितलो रहेको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय सालझण्डी घेराउ गरेका छन् । प्रहरीले गाउँकै १७ वर्षका सुमन काला मगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ ।

आफन्तका अनुसार मृत्यु हुने किशोरी र सुमन प्रेम सम्बन्धमा थिए । करुणा र सुमन दुबैजना स्थानीय दुर्गा माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । उनीहरु एक वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेको करुणाका अभिभावकले दाबी गरेका छन् । सुमनले साउन २२ गते राति ११ बजे एसएमएस गरेर भेट्न बोलाएका थिए । राति १ बजे घरमा कसैलाई थाहा नदिई प्रेमी भेट्न घरदेखि केही टाढा चौरमा गएकी किशोरी अर्को दिन बिहान घर नजिकै जंगलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

यो संगै आज भदौ ६ गतेका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस

प्रतिक्रिया