बेलायत निवासी कुशल श्रेष्ठको निर्देशनमा समय सापेक्ष एवं संदेशमूलक ‘यो पालीको तीज जुममा हरेर’तीज गीत चर्चा परिचर्चामा

इनेप्लिज २०७७ भदौ ५ गते २१:५५ मा प्रकाशित

बेलायत  निवासी कुशल श्रेष्ठको निर्देशनमा समय सापेक्ष एवं संदेशमूलक ‘यो पालीको तीज जुममा हरेर’तीज गीत चर्चा परिचर्चामा आएको छ । निर्देशक श्रेष्ठले बेलायतबाट चलचित्र एवं सांगीतिक भिडियो गरी करिव दुई दर्जन श्रब्यदृश्य (भिडियो )निर्माण गरिसकेका छन् ।

अमेरिकाको डिसी क्षेत्रकी साहित्यकार रोजा ओलीको शब्द, सुनिल मास्केको संगीत रहेको गीतमा चर्चित गायिका सुनिता दुलालको आवाज रहेको उक्त गीत नेपाली समुदायमा द्रुतगतिमा पुगी रहेको छ ।

कोरोना भाइरसले नेपाली महिलाहरुको महान चाड तीजलाई असर गरिरहेको सन्दर्भमा श्रेष्ठको निर्देशनमा सार्वजनिक भएको तीज गीत गायिका सुनिता दुलालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

श्रेष्ठले समय सापेक्ष एवं संदेश मुलक भिडियो निर्माण गर्न पाउँदा हर्ष व्यक्त गरेका छन । कोरोनाको कारण संसारभरि भय डरको अवस्थामा समूह या भिडभाड नगरी परोक्ष (भर्चुअल ) रुपमा नै तीज मनाऔं भन्ने सन्देश भिडियोले दिएको छ ।

स्मरण रहोस ,हरेक वर्ष रमाइलो तीजका गीत प्रस्तुत गर्दै आएकी गायिका दुलालले यस वर्ष भने कोरोना कहर सम्बन्धि समय सापेक्ष संदेशमुलक भिडियो प्रस्तुत गरेकी छन् ।

उक्त श्रब्य दृश्य(भिडियो)मा भगवती तिमल्सिना, काव्या श्रेष्ठ, रश्मिता दर्लामी, दिपिका श्रेष्ठ, आस्था जोशी, रोश्ना कार्की, रिमा कंडेल, स्वस्तिका लोहनी, अस्तिक कंडेल, दिपक थापा मगर लगायतको अभिनय रहेको भिडियोमा दिलु थापाको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया