काठमाडौं, भदौ ०२।निर्देशक राजु अधिकारीले लघु चलचित्र ‘तिमी नारी’ निर्माण गरेका छन्।१६ मिनेट लामो चलचित्रमा नारीले पाउने गरेको धोका,शोषण,दमन र बिद्रोहको कथा प्रस्तुत गरिएको छ।
झण्डै एक दशक अघि एचआइभी पीडित नारीको संघर्ष र साहसको बिषयमा ‘द निर्मला’निर्माण गरि चर्चा कमाएका अधिकारीले त्यसपछि ‘दिलमा सजाए तिमीलाई’,‘लेकसाइड’,‘सुब्बा साहेब’,‘उल्झन’,‘मेरो आफ्नो’,‘माया बस्छ की के हो’ लगायतका ब्याबसायिक चलचित्र निर्माण गरेका छन्।‘तिमी नारी’ को कथा आरती अधिकारीले लेखेकी हुन्।
आशुतोष फिल्मस् प्रोड्क्सनको ब्यानरमा गिरीश भण्डारी निर्माता र बसन्त शर्माको प्रस्तुति रहेको चलचित्र चितवनमा खिचिएको हो।सि टिभी नेपाल नामक युट्युव च्यानलमा सार्वजनीक गरिएको चलचित्रमा केडी प्रसित,रुक्सना खातुन,किरण गौतम,अजिता परियार, कमला भण्डारी,बिना मोक्ता तथा सुरज पोखरेलले अभिनय गरेका छन्।
प्रतिक्रिया