पानीमा डुबेर धनगढीमा एक जनाको मृत्यु

वीरेन्द्र रावल २०७७ साउन ३२ गते १५:५८ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, साउन ३२÷खेतमा जमेर बनेको तालमा पौडि खेल्ने क्रममा डुबेर धनगढीमा एक जनाको मृत्यु भएको छ।धनगढी उप–महानगरपालिकाको वडा नं. ८ धनगढी गाउँमा पानिमा डुबेर एक १६ बर्षिय ममिर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनकारी दिएको छ।

शनिबार दिउसो साथीहरुसंग तालमा पौडी खेल्न गएका किशोरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए।किशोरको उद्धार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेको उनले बताए।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया