खानाको माध्यमबाट शिक्षाको प्रबर्द्धन -सामुदायिक बिद्यालयका १ सय ३० बालबालिकालाई एक महिनाको लागि पौष्टिक खाना बितरण

इनेप्लिज २०७७ साउन ३१ गते २०:४१ मा प्रकाशित

समाजसेवी क्याप्टेन विजय लामा र युवा समाजिक अभियन्ता अपरा थापा भट्टराईको प्रयासमा सामुदायिक बिद्यालयका १ सय ३० बालबालिकाहरुलाई दिवा खाजा प्रदान गरिएको छ ।

गत साउन ३० गते शुक्रबारका दिन उक्त कार्यकमको आयोजना गरिएको हो । यो दिवाखाजा प्रदान गर्नुको मुख्य उद्देश्य भनेको शिक्षालाई प्रवर्द्धन गर्नु हो ।

वितरण गरिएको खाना प्रत्येक बिधार्थीको लागि १ महिनाको लागी दिवा खाजा पुग्नेछ । कोभिड-१९ ले गर्दा बालबालिकाको शैक्षिक संस्थाहरु बन्द छन । र ,उनीहरु घरमै बसेर टन्न पेटभरि पौष्टिक खाना खाई शिक्षालाई निरन्तरता दिउन भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको अपरा थापा भट्टराईले बताइन ।

काठमाडौँ महानगरपालिकाको नगर उपप्रमुख हरि प्रभा श्रेष्ठ लगायत व्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरियो । न्यानोपन वर्षौं देखि नेपाली जनताहरुलाई विभिन्न किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरुमा विद्यार्थीहरूको शिक्षालाई लक्षित गरी खानाको मार्फत शिक्षालाई प्रवर्द्धन गर्ने किसिमका कार्यहरूलाई बिशेष प्राथमिकता दिने उद्धेश्य राखेको छ ।

धेरै विद्यार्थीहरु यो महामारीले गर्दा फेरी विद्यालय जान पाइरहेका छैनन् र उनीहरुको घरमा बस्न बाध्य छन् । घरमा बसेता पनि जंकफुड (अस्वास्थ्यकर खाद्य)नखाइकन पौष्टिक खानेकुरा खाएर उनीहरुले पढाइमा निरन्तरता दिनेछन भन्ने यस संस्थाको लक्ष्य हो ।

फिनल्याण्डमा रहेका नेपालीयुवाहरुले एफसि गाउले नामक फूटबल क्लब(भकुण्डो टोली )ले भकुण्डो प्रतियोगिता गरि आर्थिक सहयोग जुटाई दिएको हो ।

न्यानोपन परिवारद्वारा उक्त भकुण्डो टोली प्रति आभार व्यक्त गरेको छ । साथै बिशेष धन्यबादका पात्र विजय गुरुङलाई न्यानोपनले दिदै जसको प्रयासले १३० बालबालिकाले एक महिनाको लागि पौष्टिक खाना खाई घरैमा बसि आफ्नो पढाईलाई निरन्तरता दिनेछन ।

धेरै भन्दा धेरै विद्यार्थीहरुलाई सहयोग गर्ने संस्थाको उद्धेश्य रहेकोले सहयोग गर्न चाहना राख्ने सबैलाई न्यानोपनले स्वागत गर्ने जनाएको छ ।

प्रतिक्रिया