यो साता निकै शुभ छ यी ९ राशिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

इनेप्लिज २०७७ साउन ३१ गते १६:२१ मा प्रकाशित

साउन ३१ गते शनिबारदेखि भदौ ५ गतेसम्मको साप्ताहिक राशिफल

मेषः
विशेष कामकार्यको बारेमा गम्भीर चिन्तनमनन् हुनसक्ने छ भने उच्चपदस्थ व्यक्तित्त्वसँग सम्बन्ध गाँसिनेछ। केही महत्त्वाकाँक्षा पनि बढ्नसक्ने छ।

वृषः
विद्वान ज्ञानीजनहरुसँगको संसर्गले पुण्योदय हुनेछ। क्रमशः व्यवसाय आदिमा उन्नति प्रगति हुनगई आकस्मिक लाभको सम्भावना छ।

मिथुनः
शुरुमा गोचर त्यति अनुकूल देखिएको छैन । अल्लि सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ।

कर्कटः
व्यवसायिक कार्यादि पेशाकर्मबाट लाभ एवं उपलब्धि हातपार्न सकिने छ । बुध र बिहीवारसम्म भने स्वास्थ्यमा प्रतिकूलता बढ्नसक्ने तथा कामकार्यमा पनि परिशानी हुनसक्ने छ।

सिंहः
कामकार्यमा सफलता एवं लाभ मिल्नेछ । प्रतिस्पर्धामा सफल भइने र मान्छेहरुले प्रसंशा गर्नेछन्।

कन्याः
ज्ञान, बुद्धिविवेक एवं तर्कशक्तिको सदुपयोग गर्न पाइनेछ । अन्यथा अभिमान बढ्ने र सैद्धान्तिक विचलन आउने सम्भावना छ। सन्तानको क्षेत्रबाट भने केहीहद्सम्म सन्तोष जनक व्यवहार मिल्नसक्ने छ।

तुलाः
बोलीव्यवहार आदिमा सजग हुन जरुरी हुनेछ । अनपेक्षित लाभ एवं उपलब्धि हुनसक्ने कुरालाई भने नकार्न सकिन्न। मङ्गलवार साँझबाट बुद्धिमतापूर्वक अघि बढ्नेहरुको लागि समय उपलब्धिमूलक नै हुनेछ।

वृश्चिकः
प्रतिस्पर्धामा विजयी उन्मुख हुनसकिनेछ छ भने स्वास्थ्यमा अनुकूलता आउनेछ। मङ्गलवार साँझबाट बोलीचालीमा संयम अप्नाउनु पर्ला, कसैकसैलाई झगडा हुने, आफन्तिजन टाढिने, लहैलहैमा कसैसँग नराम्रो हुनसक्ने जस्तो गोचर देखिएको छ।

धनुः
विशेष प्रयत्न गरेको काममा वा पाएको आश्वासन पूरारुपमा उपलब्धि प्राप्त गर्न भने कठिन देखिन्छ । मानसिक एवं शारीरिक उमङ्ग बढ्ने छ ।

मकरः
निमन्त्रणा, स्वागत सत्कार एवं कोशेली उपहार मिल्नेछ । मङ्गलवार साँझदेखि र बिहीवारसम्म सामाजिक कार्यमा समय दिनपर्न सक्नेछ।

कुम्भः
धेरै फुर्ति नगरेको राम्रो हुनेछ । संयमता पूर्वक कार्यक्षेत्रमा तल्लिन रहनुले भने केही उपलब्धि हासिल गर्न सकिनेछ । खर्चको मात्रा पनि बढेर जाने देखिएको छ ।

मीनः
विशेष ठानिएको काम पूरा गर्न कठिन देखिएको छ उपाय अवलम्बन गर्नुपर्ला। प्रशंसकहरु बढ्ने छन् । सहयोगी मिल्ने र आँट साहसमा प्रचुरमात्रामा बृद्धि हुनेछ।

पूरा राशिफल भिडियोेमा हेर्नुहोस्ः

प्रतिक्रिया