हिमाली संरक्षण समूहको सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम सम्पन्न 

इनेप्लिज २०७७ साउन ३० गते २२:१६ मा प्रकाशित

हिमाली संरक्षण समूह पोखराले अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२० को अवसरमा आयोजना गरेको  “सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम” मिति २०७७ श्रावण २५ गते तदनुसार अगष्ट ९, २०२० का दिन बिशेष अतिथि बरिष्ठ साहित्यकार सरुभक्तज्युको समुपस्थितिमा अमेरिका, क्यानाडा, नेपाल तथा पोर्तुगलका बिभिन्न कबि तथा साहित्यकार ज्युहरुबाट गीत, कविता तथा मुक्तक बाचन सहित सम्पन्न भयो।

“सिर्जना र असार” र हिमाली संरक्षण समूहको सहकार्यमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा साहित्यिक कार्यक्रम आयोजना गरी सर्जक तथा साहित्यप्रति अभिरुची राख्नु हुने सबैलाइ संगै जोड्दै पृथ्वी, मानवता, पर्यावरण, र जैविक विविधताको लागि अदिवासी संस्कृति तथा जीवनप्रणालीको उपदेयता र उनिहरुको मौलिक मान्यताको महत्त्व विषयमा ऐक्यवद्दता झल्काउने रचनाहरु प्रस्तुत गरिएका थिए  |

रेडियो हिमालयको सहयोगमा प्रत्यक्ष रेडियो प्रसारण भएको उक्त कार्यक्रमको संचालन हिमलाल श्रेष्ठ तथा ऋषि बस्ताकोटीले संयुक्त रुपमा संचालन गर्नु भएको थियो | हिमाली संरक्षण समुहका अध्यक्ष महेश्वर पहारीले स्वागत गर्नु भएको कार्यक्रममा “सिर्जना र असार”  अभियानका सँयोजक स्ट्रगल राना  र धनप्रसाद तमाङले कार्यक्रमको उद्देश्य र महत्व बारे प्रकाश पर्नु भएको थियो  |

उक्त कार्यक्रम हिमाली संरक्षण समुहको फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण भएको थियो | सो कार्यक्रममा देश देशाबरबाट सहभागी जनाउनु भएका २५ भन्दा बढी कबि तथा साहित्यकारबाट आ-आफ्नो रचना बाचन भएको थियो | भर्चुअल प्रबिधि प्रयोग गरी संचालन भएको उक्त कार्यक्रमलाई बरिष्ठ साहित्यकार सरुभक्त, अमेरिकी नागरिक अन्ना स्टर, पदम बिश्वोकर्मा, अभय श्रेष्ठ, भुपिन ब्याकुल, धनप्रसाद तामांग, स्ट्रगल राना, सरस्वति श्रेष्ठ “सरु”, अल्पबिराम, खोज बहादुर गोले, यदुनन्दन पोखरेली, सजना गोले, इश्वरी भट्ट, अरुण श्रेष्ठ, अनुराग खतिवडा, सुरेन उप्रेती, गोपीकृष्ण काफ्ले, मुक्ती  गौतम, राजेन्द्र अर्याल, सिता अर्याल, अच्युत शर्मा, हरिशरण परियार, बुद्धि मोक्तान,  लगायत श्रस्टाहरुले रचना वाचन  गर्नु भएको थियो|

सँरक्षण कबिताका अभियन्ता तथा बरिष्ठ साहित्यकार सरुभक्तले यस्ता कार्यक्रमले बातावरण संरक्षणको क्षेत्रमा बिशेष महत्व राख्ने तथा आदिवासीहरुको हक र अधिकारको उजागर गर्ने हुनाले यस्ता कार्यक्रमहरु अन्तराश्ट्रिय स्तरमा हुनु खुशीको कुरा हो भन्नुभयो | हिमाली संरक्षण समुहका संस्थापक अध्यक्ष भरतमान श्रेष्ठले धन्यबाद सहित कार्यक्रमको समापन गर्नु भएको थियो |

हिमाली संरक्षण समूह सन् १९९६ (बि.स्.२०५३) देखि हिमाली तथा वरपरको बाताबरण, बन बिज्ञान तथा साहित्यको क्षेत्रमा अनबरत काम गर्दै आएको नाफारहित गैर सरकारी संस्था हो | “सिर्जना र असार” मानव र माटोको अन्योन्याश्रित  सम्बन्धलाई सम्बर्धन गर्न लागि परेको श्रष्टाहरूको साहित्यिक आन्दोलन हो। यस आन्दोलनले हिमाली संरक्षण समूहको सहकार्यमा वि.सं. २०५० को दशकमा साहित्यिक कार्यक्रम पोखरामा शुरू गरेको थियो। तत्पश्चात, हालसम्म दुई दशकको अवधिमा नेपालको विभिन्न स्थानमा कार्यक्रमहरु सम्पन्न भइसकेको छ।

कार्यक्रमको रेकर्ड हिमाली संरक्षण समूहको फेसबुक पेजमा उपलब्ध छ ।

प्रतिक्रिया