कोरोना नियन्त्रण अन्तिम विकल्प : समाजिक दुरी र नियमित सरसफाई

पुष्कर पौडेल २०७७ साउन २९ गते २१:५६ मा प्रकाशित

समाजिक दुरी र नियमित सरसफाई कोरोना मात्र नभई अन्य धेरै संक्रमक महामारीको अचुक सावधानी हो। कोरोनामुक्त समाजको हामी कल्पना गर्छौ भने यि भन्दा अन्य कुनै पनि उपायबाट सफल हुने अवस्था छैन किनभने विकशित राष्ट्रहरु हेरौ न उनिहरुको संस्कार नै सामाजिक दुरी कायम नगर्ने खालका छन् भलै सरसफाईका दृष्टिले हामी भन्दा कैयौ अब्बल छन् र पनि महामारी नियन्त्रणमा हम्मे हम्मे परिरहेको छ । यस कारण हामि सबै मिलेर कोरोना मुक्त समाज निर्माणका लागि हातेमालो गरौ सचेत बनौ जागौ बानी सुधार गरौं।

एकातर्फ आर्थिक चलायमान हुनु जरुरी छ भने अर्का तर्फ कोरोना नियन्त्रण गर्नुपर्ने छ। यो ठुलो चुनौतिको विषय हो । त्यसैले अब सटडाउन, लकडाउन, हटडाउन गरेर समस्याको समाधान हुने वाला छैन। यसले त झन समस्या सृजना गर्ने देखिन्छ। नियमित श्रम गरि खाने बर्गका लागि आतंकित बनाएको छ। खान नपाएर मर्ने अवस्था नआउला भन्न सकिन्न। कतिपयको रोजगारी गुमेको छ भने कति बैदेशिक रोजगारी गुमाउनु परेको छ । यसबाट आर्थिक विसृङ्खलता
हुनगई आर्थिक विफलता सम्म पुग्न सक्छ।

अत: सरकारबाट विभिन्न उपायहरुको खोजि र कार्यान्वयन भई रहे पनि यो नै अन्तिम उपाय हो भन्ने छैन। महामारी दिनानुदिन झन झन बढ्दो अवस्थामा छ। आर्टि पिसिआर परिक्षण पनि भई रहेकै छ। उपायहरुमा कमि भए जस्तो पनि छैन। आफ्ना नागरिक विदेश अलपत्र अवस्थामा हुदा सरकार आखा कान बन्द गर्ने कुरा पनि भएन। उपलब्ध जनशक्ति प्रयोग गरि क्वारेन्टिन ब्यावस्थापन गरि परिक्षणको ब्यावस्था भएकै छ। त्यसैले सबै मिलि आफु आफ्नो परिवार र समाजलाई जिम्मेवार बनाउने प्रयास गरौं ।

माक्सको उचित प्रयोग गर्दै नियमित सरसफाई र सामाजिक दुरी कायमलाई निरन्तरता दिउ। उमरैको, बलियोबाङ्गो, चुल्ठे, जगल्टे या सामाजिक बरिस्ठ, कनिस्ठ कसैलाई कोरोनाले नचिन्ने हुदा सबै होसियार बनौ । हाम्रो होसियारीले परिवार र समाजको स्वास्थ्य र जिवन रक्षाको लागि समेत महत्वपुर्ण योगदान मिल्छ मौकामा होस् नपुर्याउदा फर्सदमा पछुताउनु कसैले नपरोस्।

पुष्कर पौडेल (भानु, नगरपालिका लेखा अधिकृत तनहुँ)

प्रतिक्रिया