शंकास्पद मृत्यु भएका पत्रकार बानियांको दाहसंस्कार, परिबारद्धारा छानबिनको माग

विश्व राज थापा २०७७ साउन २९ गते १३:५२ मा प्रकाशित

काठमाडौ । तीन दिन अगाडि मकवापुरमा मृत अबस्थामा भेटिएका पत्रकार बलराम बानियांको बिहीबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
शंकास्पद मृत्यु भएका पत्रकार बानियांको बिहीबार नै शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

पत्रकार बानियांको मृत्यु शंकास्पद भएको भन्दै परिबारले निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन ।

परिबारले मृत्यु हुने दिन जसका घरमा गएर बसेका थिए उनीप्रति परिबारले शंका गरेको छ । शंका गरी परिबारले किटानी जाहेरी दिन खोजेका थिए तर प्रहरीले दर्ता गर्न अश्वीकार गरेको परिबारका सदस्यले दाबी गरेका छन ।

नाबालक १३ बर्षीय छोरा सुप्रिम बानियाको बिहीबार बिहान ब्रतबन्ध गरिदिएका थिए । अनि उनैले आफ्ना पिताको चित्तामा दागबत्ति दिएका थिए ।

पशुपति आर्यघाटमा नेपाल पत्रकार महांघका अध्यक्ष गोबिन्द आचार्यले पत्रकार महांसघको झण्डा ओढाएर अन्तिम श्रद्धान्जलि दिएका थिए ।

दाहसंस्कार कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ , न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल , पत्रकार महासंघका महासचिब रमेश बिष्ट , नेपाली पत्रकारहरुको अन्तरराष्टिय संजाल इन्जाका ग्लोबल उपाध्यक्ष एवं एशिया अध्यक्ष टंक पन्त , प्रेस युनियनका पुर्ब अध्यक्ष कुलचन्द्र वाग्ले, पत्रकारहरु तीर्थ कोइराला , तेजप्रकाश पण्डित , हरि थापा , ‘सुधिर शर्मा , कैलाश सिरौहिया , जगत नेपाल , शिब लम्साल, बिष्णु बुढाथोकी, सुचित्रा श्रेष्ठ, नारायण वाग्ले , बिष्णु सुबेदी , सबिधानसभाका सदस्य रामहरि खतिवडा, काग्रेस नेता रामचन्द्र पोख्रेल , राष्टिय सभाका सचिब एवं पत्रकार राजेन्द्र फुयाल लगायतले अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

बानिया पत्नी धना बानिया , छोरी सुस्तिमा र छोरा सुप्रिम रहेका ।

दाहसंस्कार पश्चात काजक्रियाका लागि उनीहरु आजै जन्म घर तनहुं गएका छन । इन्जा एशियाका अध्यक्ष टंक पन्तले परिबारका सदस्य भेटेर इन्जा ग्लोबलले १ लाख सहयोग गर्ने गरी गरेको निर्णयबारे जानकारी गराएका थिए । सो रकम काजक्रियाकै सन्दर्भमा हस्तान्तरण गरिने जानकारी पनि पन्तले गराएका थिए ।

विश्व राज थापा

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।

प्रतिक्रिया