नेपालमा कहिले आइपुग्ला कोरोना भ्याक्सिन ? (भिडियो)

इनेप्लिज २०७७ साउन २९ गते ०:४५ मा प्रकाशित

काठमाडौं । रुसले कोरोना भाइरसको भ्याक्सिन विकास गरी अक्टोबर महिनामा सर्वसाधारणमा प्रयोगमा ल्याउने जनाइसकेको छ।उसले विभिन्न देशहरुमा भ्याक्सिनको माग भइसकेको जनाएको छ।अमेरिकाले र युरोपमा पनि भ्याक्सिनको विकास हुँदैछ।सम्भवत सन् २०२१ को शुरुमा भ्याक्सिन विकास गरी प्रयोगमा ल्याइनेछ।चीनले सैनिक र स्वास्थ्यकर्मीमा कोरोना भ्याक्सिनको प्रयोग शुरु गरिसकेको छ।

सँसारका शक्तिशाली र धनी देशहरुले कोरोना भाइरसको भ्याक्सिन विकास गरी प्रयोगको समेत तयारी गरेका छन्।तर,आर्थिक रुपमा विपन्न देशहरुले भ्याक्सिन कहिले प्रयोग गर्न पाउलान् ? यो गम्भीर प्रश्न बनेको छ।नेपालमा भ्याक्सिन कहिले आइपुग्ला ? यसलाई केलाउँदा भ्याक्सिन कति प्रकारका उत्पादन हुन्छन ? कुन कुन देशले उत्पादन गर्छन् ? कति मात्रामा उत्पादन गर्छन् ? मुल्य कति पर्छ ? माग र आपूर्तिको अवस्था कस्तो हुन्छ ? उत्पादन गरिएका भ्याक्सिनको प्रभावकारिता, सुरक्षा र विश्वसनीयता के हुन्छ ? विश्व स्वास्थ्य संगठनले सबैमा पहुँच पुर्याउने कस्तो भुमिका खेल्छ ? भन्ने यथार्थलाई केलाउनुपर्ने हुन्छ ।

धनी देशहरु अहिले नै भ्याक्सिन प्रयोग गरेर ढुक्क साथ आर्थिक तथा सामाजिक गतिविधिमा सक्रिय हुने तयारीमा पुगिसकेका छन्।कोरोना भाइरसले समस्यामा पारेको नेपाल जस्तो देशहरुमा यस्तो तयारी देखिदैन यसले कम्तिमा एक वर्ष आर्थिक गतिविधिमै समस्या पारिरहने खतरा बढेको छ ।

भिडियो:

प्रतिक्रिया