हांस्य कलाकार नारायण त्रिपाठी ले तीज गीत रातो साडीमा सार्वजनिक गरेका छन् ।अमेरिकामामै छायांकन गरिएको यसलाई नारायण त्रिपाठीकै आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।पहिलो चोटी गीत गाएका त्रिपाठीलाई देवी आले र रमेश सेन्चुरीले पनि स्वर दिएका छन् ।
भिडियोमा अभिनेता त्रिपाठी र निरु कार्कीको अभिनय रहेको छ। त्रिपाठीको आफ्नै शव्द ,एरेञ्ज रमेश सेन्चुरीको ,डीबी गुरुङले भिडियोको कोरियोग्राफी गरेका छन् भने सम्पादन सरिता गौतमले गरेकी हुन् ।
यसरी कोरनाको महामारीमा पनि तीजको अवसर पारेर दर्शकहरु लाई गीत पस्कदै नेपाली दाजु भाइ दिदि बहिनि हरुलाई नारायण त्रिपाठीले तीजको शुभकामना दिएका छन् ।
प्रतिक्रिया