क्यान्सरलाई नेपालीमा अर्बुदरोग भनिन्छ । शरीर वृद्धि–विकासका क्रममा कोषिकाहरू बढेर एक ठाउँबाट अर्को ठाउँमा सर्नु नै क्यान्सर हो । क्यान्सर हुँदा कोषिकाहरूको अनियन्त्रित विकास हुन्छ ।
क्यान्सर आफैँमा ठूलो रोग होइन । तर, समयमै उपचार भएन भने ज्यानै लाने रोग हो । विश्वभरि अहिले क्यान्सर प्रकोपका रूपमा फैलिरहेको छ । नेपालमा क्यान्सरपीडितको यकिन तथ्यांक छैन । तर, केही मुख्य अस्पतालहरूमा पछिल्लो वर्ष संकलन गरिएको आँकडाअनुसार सबैभन्दा बढी फोक्सोको क्यान्सर भएको पाइयो । त्यस्तै, दोस्रोमा पाठेघरको मुखको क्यान्सर छ ।
हत्तपत्त निको नहुने खोकी वा स्वर धोद्रो भएमा क्यान्सर हुन सक्छ । कसैलाई औषधि खाँदा पनि रोग सन्चो नभई आवाज धोद्रो हुँदै जान्छ भने क्यान्सर हुन सक्छ । शरीरमा आउने कोठीको रङ र आकारमा परिवर्तन देखापरेमा वा कोही बिग्रेमा छालाको क्यान्सर हुन सक्छ । यस्ता लक्षण देखिए चिकित्सककहाँ जानुपर्छ ।
पूरा जानकारीका लागि भिडियो हेर्नुहोस् –
https://www.youtube.com/watch?time_continue=2&v=De1m3Y7hDwE&feature=emb_logo
प्रतिक्रिया