“तिज २०२० ” सार्वजनिक

इनेप्लिज २०७७ साउन २८ गते १०:१० मा प्रकाशित

काठमांडौ / गान्धिभ प्रोडक्सन र एल. एण्ड. एन. मोडेल एजेन्सिले अहिले चलिरहेको सम सामयिक सन्दर्भलाई ध्यान दिदै आफ्नो दोस्रो (छोटो फिल्म तिज २०२०  रिलिज गरेका छन । “तिज २०२० शीर्षक रहेको छोटो फिल्मका कथा एबम निर्देशन यस एल.एण्ड.एन. मोडेल एजेन्सिका डाइरेक्टर नितिन कायस्थले गरेका छन।यस कथाको मुल उद्देश्य अहिले चली आएको कोरोनाको कारणले गर्दा परेका असर र तिजको कथा बस्तु प्रस्तुतिका साथ समाजमा सन्देश मुलक जनचेतना दिनको लागि बनाइएको छोटो फिल्म हो।

उक्त फिल्मका मुख्य कलाकारका रुपमा समाजसेबी मोडल/ कलाकार गान्धिभ सुवेदी,रोमियो एन.के.(नितिन कायस्थ),नुर भण्डारी,दुर्गा श्रेष्ठ खड्गी , गोमा परियार ,अनिशा भट्ट ,रितु राई,सुमिना छेत्री लगायत कलाकारको मुख्य भुमिका रहेको छ।

उक्त फिल्म गान्धिभ प्रोडक्सन युट्युब च्यानलबाट रिलिज गरिएको छ।यसभन्दा पहिलेको रक्षाबन्धन(छोटो फिल्म ) झैँ यसलाइ पनि माया गरिदिनुहुनेछ भन्ने पुर्ण आशावादी रहेको निर्माता ले बताएका छन र दोश्रो पटक पनि हामी सबैको मन जित्न सक्नेछौ भन्नेमा बिस्वस्थ छौ ।उक्त फिल्मको छायांकन दीपक अधिकारी द्वारा आँगन पार्टी भेनु -ग्वार्को मा गरिएको थियो।

प्रतिक्रिया