उ दिन चाहान्छ

– प्रा.डा.मेदनीप्रसाद भण्डारी २०७७ साउन २७ गते २१:१४ मा प्रकाशित

उनले भने म सबैलाई दिन चाहान्छु
उनले भने म सबैलाई आल्हादित गराउन चाहान्छु
मेरो संचितीको सर्वश्व खन्याउन चाहान्छु,
र खाली गर्न चाहान्छु मेरो जीन्दगीभरीको कमाई,

त्यो कमाई जुन दिन रात नभनि संचित गरिएको छ,
वाल्यकाल देखि वृद्धावस्था सम्मको मेहनतले भरिएको छ,
सदगुरूहरूले अभिमन्त्रीत अथाह सम्पदाले झकिझकाउ छ,
असंख्य शास्त्रहरूको सारले भरिएर छताछुल्ल पोखिएको छ,

वाल्यकालको वालशुलम पनि छ यस ढिकुटीमा
यौवनको सम्वेदनशील तरङ्ग र उत्तेजना पनि छ यस भकारीमा,
रतिरागात्मक सुमधूर ध्वनी गुन्जयमान–भई रागमा वहेको सारपनि छ यस भण्डारमा
क्रिडा प्रवाह र वहाव भित्रको भावानुभूतिको मिठो स्मरण पनि छ यो संचितीमा ।

धून छ, तरङ्ग छ र संवेदनशीलताको आधार छ
जीवन वैभिष्टताका क्रममा आएका विविध प्रपन्चको सार छ,
सुःखको उमङ्ग छ, सूमधूरता छ र क्रान्ती छ,
दुःख सितको लडाइमा विजय प्राप्ती बाट प्राप्त शान्ति छ,

अनि,
हाँसोको होली छ लालिमाको गोलि छ,
यत्र तत्र सर्वत्रको सप्तरंगी झोलि छ,
मधु मिठास भरिएको व्यन्जनायूक्त सिर्जना छ,
र ती सप्पै भोगेका यथार्थतालाई सम्पूर्णरूपमा बाड्ने तिर्सना छ ।

शास्त्रहरूको मर्म केलाउदा केलाउदै जीवनको उत्तरार्धमा आईपुगेको,
संसारको मोहमा गाँजिएर, भाडीएर थाहै नपाई दलदलमा भासिएको,
यथार्थता पक्डिन खोज्दा खोज्दै दिशा भ्रमित भएर खान सम्मको हण्डरहरूमा जाक्किएको
थुप्रै थुप्रै पटमूर्खताका व्यवहारले निचोरिएको,

प्रत्येकलाई भोगौ भोगौ लाग्ने तर भोगेर पार नलाग्ने
सत्यको अनुभूति र अनुभवको गाडधन छ,
मनको विश्रान्तीलाई समात्ने मूख्य कुन्जी नै छ
ज्ञान, आरोग्य, वैराग्य, योग र भोगको अमृत घडा नै छ

सिद्धहरूको सिद्धान्त र प्रयोगकर्ताको ज्ञान परख गर्ने सुक्ष्म तोड छ
अनि जटिलताका ज्वाराभाटालाई किनारा लाउने कडी पनि छ,
नैरास्यलाई परास्तगरी स्वफूर्ती प्रत्यारोपण गर्ने प्रवाह पनि छ
पीर र तापका जलनले जलेका मनलाई व्यूताउने जडी पनि छ ।

त्यस्तै,
राजनीति–अनितिको खेलमा तिकडम चलाउने दाउ छ,
अर्थनीति–अनितिको मेलामा झालझेल गर्ने चलाखी छ,
धर्मदर्शनहरू–कूदर्शनहरूको स्वाङ तोडने तोडन छ
अनि पाखण्डको पटापेक्ष गर्ने तार्किकहरूका जोडन छ ।

अनि फेरी उनि भन्छन्,
आओ आओ, लैजाओ लैजाओ भण्डार खुला छ
झोला भरी भरी, वोरा भरी भरी लग खजना भरी छ
जीवन भरीका लागि लग, सन्तान दरसन्तानका लागि लग,
आफ्ना लागि लग आफन्तका लागि लग, लग पूरै संसारलाई वाँड्न पूग्ने गरी लग,

यो ज्ञान भण्डार अखण्डीत छ,
जति खर्च ग–यो त्यति बढ्छ,
जति लुटाउछौ त्यति बढ्छ
अनि लुकाउदा भने घट्छ, खुम्चिन्छ र बिलाउँछ ।

यो संवेदनशील सम्पदा हो
समय सितै दौडिने तर आर्जित कला हो,
समयको गतिसित दौडिन्छ
समय सितको सापेक्षित सम्वन्धमा मात्र वौरिन्छ,

समय सित गासिएको छ, समय सितै उनिएको छ,
समयले सिर्जेको यो अकुत सम्पत्तिको उपयोग समयापयोगी छ ।
जगत परिवर्तनशील छ समयको चक्रमा, समयको उपयोग गरौं
समय रोक्न सकिन्न, समय सम्पदाको उपभोग गरौं ।

आऔं समयले सिर्जेको ज्ञानको भण्डार खुला छ
थाक थाक, थान थान मै कव्जा गरौं,
थोक थोक र खुद्रा खुद्री सबै आफ्नो बनाऔ
जरै देखि अवलोकन गरौ र पूर्णतामा अपनाऔ ।

पूनश्च, उनी भन्छन्
म सर्वस्व खन्याउँन चाहान्छु,
समयचक्रको खेलमा आर्जेको आर्जन अकूल सम्पति समर्पण गर्न चाहान्छु
सप्पै खर्लप्पै यो माहाभण्डारलाई सुम्पिन चाहान्छु,
र अलिकति भए पनि ऋणवाट उऋण हुन चाहान्छु,

समय माहागुरूज्यू को माहाऋण वाट
र ती सवैको ऋण वाट जस्ले भ्रुण देखि एउटा सिगों मान्छे बनाए,
यात्रा नियात्रामा मन प्राण ओछयाएर
समयको चक्र कूचक्रो माहाज्ञान सिकाए,

आऔ व्रम्हलुट मच्चाउ, व्रहमलुट गरौ,
समयले प्रदान गरेको माहाज्ञानको सदुपयोग गरौ,

र अन्तमा, उनी भन्छन्,
म सर्वश्वदान गर्न चाहान्छु
चाहिने, नचाइने जसले लगे पनि हुन्छ,
समयले सिकाएर थुपारेको अलल्य र
अनन्त सप्पदाको भण्डार पूर्णतः खुला छ,
धक फुकाएर लगे हुन्छ र वाडे हुन्छ
म अनन्त सवै सर्मपण गर्न चाहान्छु,
माहादान गर्न चाहान्छु, सबै प्रकारका ऋणवाट उ ऋण हुन चाहान्छु
माहादान गर्न चाहान्छु, सबै प्रकारका ऋण वाट उऋण हुन चाहान्छु ।
आओ आओ, लैजाओ लैजाओ भण्डार खुला छ
आफ्ना लागि लग आफन्तका लागि लग, लग पूरै संसारलाई वाँड्न पूग्ने गरी लग

। । । शुभम् । ।

– प्रा.डा.मेदनीप्रसाद भण्डारी

प्रतिक्रिया