केही दिनमै अनुहारको कालोपोतो हटाउन अपनाउनुहोस् यी उपाय (भिडियो )

इनेप्लिज २०७७ साउन २६ गते २१:२४ मा प्रकाशित

अनुहारको पोतोले हैरान भएकालाई रातारात सफा गर्नुपर्ने हतारो हुन्छ । यस्तो फोहोर हटाउन कतिपयले लेजर प्रविधि प्रयोग गर्छन् । यो तरिकाले पोतो हटाउँदा छालाको नदेखिने बाहिरी पत्रसमेत फालिने गर्छ । छालाको पत्र जानु नै ठूलो गल्ती हो । पुरानो छाला फालेपछि नयाँ लेयर देखा पर्छ र यो निकै संवेदनशील हुन्छ ।

नयाँ लेयर विकसित हुन कम्तीमा २८ दिन लाग्छ । यो अवधिमा संवेदनशील छालामा घाम र फोहोरको असर बढी पर्न जान्छ । आफूलाई सुरक्षित गर्न नसकेपछि संवेदनशील छालामा झनै पोतोलगायतका समस्या बढी देखिने खतरा रहन्छ ।

त्यसैले क्षणभरका लागि होइन, दीर्घकालका लागि समस्याको समाधान खोज्न मेलानिनलाई स्थिर राख्ने उपाय नै अपराउनु उत्तम हुन्छ । समस्याको समाधान पोतो र तिलकोठीजस्ता समस्या निम्तिन नदिन घामबाट जोगिने तथा सनप्रोटेक्सन क्रिम प्रयोग गर्ने गर्नुपर्छ । तर, समस्या निम्तिसकेको छ भने मेलानिनलाई आफ्नो लेयरमा स्थिर राख्न भिटामिन ‘सी’ सेवन गर्नुपर्छ ।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्

प्रतिक्रिया