नायिका पूजा शर्माले चलचित्र कलाकार संघमा संचारकर्मी प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् । निर्देशक सुदर्शन थापा सँगै कलाकार संघ पुगेकी पूजा उजुरी दिदै गर्दा भावूक भएकी थिइन् ।
पूजाले भनिन्–‘३ महिना भैसकेको थियो । अघिल्लो ट्रोललाई मैले सहिरहेको थिएँ । फेरि मलाई अन्तरवार्ताका लागि बोलाउनुभयो, मैले आउँदिन भने । मान्छेलाई कहिलेपनि ह्यारेसमेन्ट गर्नका लागि बलात्कार नै गर्नुपर्छ भन्ने छैन ।
उहाँले मलाई हरेक हप्ता गिराएर बोलिरहनुभएको छ । पछिल्लो भाग हेरेपछि मलाई नराम्रो लाग्यो, उहाँले मलाई भनेको शब्दले मलाई निकै भावूक बनायो । यसपछि, मैले अब लड्छु भन्ने निर्णय गरेँ ।’
https://www.youtube.com/watch?time_continue=6&v=0sOAViit3OE&feature=emb_logo
प्रतिक्रिया