भ्रस्टहरूको जालो

सुभद्रा पराजुली २०७७ साउन २५ गते १४:२१ मा प्रकाशित

अभिनयको यो रंगमन्चमा
विपासना ध्यान झैं
दृष्ट्रि ,द्रब्यको सोचमै
निर्लिप्त आवरणहरू
बिकल्पका बाटाहरू
ओल्टाई पल्टाई
लम्ब्याइ, छोट्याई
बकुल्लो ध्यानमा
मग्न एकचित्त
अर्जुनको गान्डिव
सोझ्याइ रहेछछन्

म ,तिमी अनि हामी छन्
बहुमतको मौन मन्जुरी
चुपचाप सतहमा चाल मारेर
पाल्सीमा इसाराका ध्वनीहरू
कतै हाछ्छिउँ त कतै ख्वाक्क
खोकीका नमूनाहरूलाई डिक दिंदै
ठीक र बिठिकका चिन्हले मार्क गरेर
विस्तारै, सरक्क चुईक्क नसुनिने आवासहरू
ढिकुटीमा असरल्ल
अर्थतन्त्रको पहरेदारी गरिरहेछन्

परिदृश्यमा शब्दका बुट बजारेर
घनघोर बर्सिने बाणीहरू
आम्ने साम्ने मौन ईसाराका
मुस्कानको स्वागतमा निर्लिप्त छन्
जे देख्छन् मेरा आँखाहरू
ती आवर्तन या परावर्तन
भएका बीम्बहरू हुन्
गहिरो निदका सपना जस्तै
हर्दम फेरबदलका भाकाहरू

रंगिएका खेश्राहरू, नयाँ नितीका
रसस्वादहरू, पस्किएका ठान्दै
मख्ख पर्ने हामीहरू, महमा डुबेर
मारिने झिंगाको अस्थित्व
बाँचिरहेछौं
ऊ खेल्छ
ती खेल्छन्
उनीहरू खेल्दछन्
हाम्रा कोमल भावनाका
मनहरूसॅग अनि दर्शाउछन्
असाध्यै आफ्नो पनका
चिल्ला योजना र सपनाहरू
फेरि अर्को त पक्कै
तिमीहरूकै लागि हो भनेर

अनि म र हामी मख्ख पर्नुको विकल्प
लाचारी पन र निहुरिएको सिर,
अब्यक्त मुन्टो हल्लाइनु पर्छ
एकचोटी फेरि अर्को झिनो आशामा
अब त भरियो होला यिनीहरूको झोला
बैकब्यालेन्स, घर घरेडीका सपनाहरू

विश्वासका आधारहरू
निमिट्यान भैसक्दा पनि
निरासामा आशा पोत्नुको पिंडा
सहनेहरूको मुटुमा छाम्नु
धडकनको हरेक ढकढकमा
धमनिभरि फैलेने, विष
कालकुट गोत्रकै प्रसाखा हो

तर तर विवस्थाको हण्डर खाएको
चेतना, फैलिने ठाउॅको अभाबमा
खुम्चिनुको बिवस्था, पटक पटक
मुर्छित हुॅदै बौरदै, लडखडाई रहन्छ

तृष्णा, तृप्ति हुने चाहानाको
अभाव, रित्तो र खोक्रो मन र पन भित्रको
जर्जर हल्लिदै गरेको देश र मेरै परिवेश
खुइयको सुस्केरा ,देश जस्तै मौनतामा
उदांगो शरीरका च्यातिएका टालाहरू
समेटि रहेछ, निर्लज्ज ख्वामितहरू
भविष्यको विर्ता जोड्न ,वर्तमानलाई
पुरिरहेछन्, जीउदै दहहरूमा
अनि जलाईरहेछन् ,अभावका खन्डहरहरूमा !

प्रतिक्रिया