ममी मलाई बचाउनुहोस भनेको छोरो अझै भेटिएन | किशोर न्यौपाने अपहरणको ९ वर्ष

इनेप्लिज २०७७ साउन २४ गते १९:२९ मा प्रकाशित

२०६८ सालमा घटेको एउटा घटना जसको सत्यतथ्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन । घटना हो २०६८ साल साउन २२ गतेको । साउन २२ गते दिउसो ४ बजेतीर स्थानिय जनता माविमा कक्षा ११ मा पढ्ने किशोर न्यौपाने साथीको घरमा जान निस्केका थिए उनि अपहरणमा परे।

प्रहरीले अनुसन्धान त गर्यो तर अनुसन्धान केबल अनुसन्धानमा मात्रै सिमित भयो । किशोरको न सास न लास । प्रहरीले परिवारलाई दशैँमा घरै आउने आस समेत देखायो तर अहँ किशोर फर्केर आएनन्।

किशोरका बुवा राम प्रसाद न्यौपानेले किशोर अपहरणका प्रमाणहरु आफूसँगै बोकेर हिड्छन् सरोकारवाला निकायहरुलाई देखाउछन् तर छोराको खोजीका लागि कही कतैबाट सुनुवाई समेत नभएको उनको भनाई छ।

हेर्नुहोस यो भिडियो ।

प्रतिक्रिया