तिम्रा मस्त रातहरू चोर्ने – चोर नबनाऊ मलाई

बासव राजोपाध्याय,अमेरिका २०७७ साउन २३ गते २३:५२ मा प्रकाशित

स्वप्निल आशहरू
अनि रंगीन भावहरूको
साक्षी नबनाऊ मलाई
तिम्रा मस्त रातहरू चोर्ने
चोर नबनाऊ मलाई

कहिं ती अभिलाषा
ममा पनि जाग्न सक्छ
तिमीलाई बात लाग्ने
डोर नबनाऊ मलाई

तिमी यो सृष्टिको
अनुपम रचना हौ
दीन दुखीहरूको
एकमात्र अर्चना हौ
आफ्नै सुन्दर रूप हेर्न
एैना नबनाऊ मलाई

क्षितिज पारी पुग्ने
कल्पनामा डुब्दै
मिठा निदरीहरूलाई
बगरमा सुकाएर
तिम्रा मस्तरातहरू चोर्ने
चोर नबनाऊ मलाई
तैरीरहेका तिम्रा ती
स्वछन्द स्पन्दनहरू बाध्ने
खोर नबनाऊ मलाई

तरंगित तिम्रा शब्दहरू
आफैमा प्रतापी छन्
त्यो गुन्जायमान बनाउने
स्वर नबनाऊ मलाई
तिम्रा मस्तरातहरू चोर्ने
चोर नबनाऊ मलाई

प्रतिक्रिया