सबै समाचार एकै ठाउँमा, आज साउन २३ गतेका मुख्य समाचारहरु हेर्नुहोस

इनेप्लिज २०७७ साउन २३ गते ४:०० मा प्रकाशित

 

पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २१ हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा कोरोनाका कारण नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको जनाइएको छ ।

विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ करोड ८९ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितहरुको संख्या १ करोड ८९ लाख ८६ हजार ६ सय २९ पुगेको हो। हालसम्म ७ लाख १२ हजार ३ सय ३४ जनाको मृत्यु भइसकेको छ भने १ करोड १४ लाख ७७ हजार ८ सय ३४ जना निको भइसकेका छन् ।

बिहीबार विभिन्न मुलुकबाट एकैदिन १४६६ जना नेपाली काठमाडौं आएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहीबार एक दर्जन उडानबाट यो संख्यामा नेपाली घर फर्किएका हुन् ।

अब तिज नजिकै आउदैछ, दशैं तिहार सबै हाम्रा चाड पर्व आउदैछन् । कोरोना महामारीका बिचमा सरकारले चाडपर्व मनाउन निर्देशिका तयार गरेको समाचार, चितुवाको आक्रमणको निशाना बन्दै बालबालीका, तनहुँमा फेरी चितुवाले बालक खाएको समाचार हेर्नुहोस यो भिडियो ।

प्रतिक्रिया