ए जिन्दगी ! तिमी को होउ ?
लाग्छ एउटा ढोकाको डोरम्याट ,
अनि कोठाको कार्पेट |
जसले जति कुल्चिए पनि
जति थिचे पनि अनि मडारिए पनि ,
यत्र तत्र फोहोर फाले पनि,
नि:सन्देह तिमी चुप चाप सहि दिने,
ए जिन्दगी तिमी के हौ ?
काली गण्डकीको बगर जस्तो
बर्षामा बाढीले कोलाहल मच्चाउने |
गर्मीमा बालुवाको राप अनि ताप ,
धुलोले गाउ बस्तिनै उजाडीने !
खुसि कताबाट आउछ बाटो छैन
दुख : काँहा बाट आयो थाहा छैन ?
ए जिन्दगि! तिमी को होउ अनि के होउ?
नारायण गोपालको गीत
“छाती माथि ढुंगा राखी हाँस्नु पर्या छ” को अर्थ के हो ?
खै त्यो ढुंगा ? लौन काँहा छ त्यो ढुंगा ?
त्यो पाए म पनि हाँस्ने थिएँ ! बेस्कन छाती मिचेर हाँस्ने थिए |
हाँस्या हास्यै !!
ए दाजु ! ए नारायण गोपाल दाजु !
त्यो ढुंगा रुपी औषधि मलाइ पनि पठाई दिनोस् न
काँहा छ त्यो जिन्दगी हँसाउने ढुंगा ?
म पनि हाँसौं !!
ए जिन्दगी !! तिमी को होउ अनि के होउ ?
बिष वा अमृत ! तिमी के होउ ?
हाँसो वा रोदन तिमी के होउ?
मैले त बुझ्नै सकिन ! ए जिन्दगी !!!
प्रतिक्रिया