हामी नेपालीले क्वारेन्टाईनमा रहेका महिलाहरुको लागि स्वास्थ्य सामाग्री वितरण

इनेप्लिज २०७७ साउन २२ गते २१:५५ मा प्रकाशित

हामी नेपाली ग्लोबल अन्तर्गत विभिन्न राष्ट्र अमेरिका ,जर्मनी, पोल्याण्ड, हामी नेपाली नेपालको आर्थिक सहयोगमा हामी नेपाली नेपाल संस्थाले क्वारेण्टाईनमा रहेका र हिंसा पिडित महिला दिदिबहिनिहरुलाई गत साउन १५ गते अति आबश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोभिड-१९ को संक्रमण हुनबाट सुरक्षित रहन नेपाल स्थित गुलरिया ४ कोटही मा. बि. मा रहेको क्वारेण्टाईनमा रहेका ६० जना महिलाहरुलाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको हो।

यो सहयोग राष्ट्रीय र अन्तर्राष्ट्रीय राष्ट्रीय समितिका टास्क- फ़ोर्स कार्य समितिक़ा आर्थिक संयोजकत्वमा भएको हो ।

विश्व ब्यापी रुपमा फैलीएको कोरोना भाईंरस कोभिड १९ को विषम परिस्थतीमा क्वारेनटाईनमा रहेका महिलाहरुलाई लक्षित गरि महिलाहरुलाई आबश्यकिय सामाग्रीहरु हामी नेपाली नेपाल राष्ट्रीय समितिका उपाध्यक्ष उमा तमांङको उपस्थितिमा बितरण गरिएको थियो ।

हामी नेपाली संस्था बर्दियाले उक्त स्वास्थ्य समाग्रीहरु गुलरिय नगरपालिका वडा नम्बर ७ वार्ड अध्यक्ष शनीरज शर्मा र महिला क्वारेण्टाईनक़ा गुलरिय नगरपालिका वडा नम्बर ४,कोटाही माध्यमिक बिध्यालयको सहकार्यतामा वितरण गरिएको जानकारी हामी नेपाली अन्तर्राष्ट्रीय उपाध्यक्ष टेक लामाले जानकारी गराएका छन् ।

हामी नेपाली संस्थाको आयोजनामा महिलाहरुका लागि अति-आवश्यक व्यक्तिगत सरसफाईका सामाग्री,मास्क,सेनिटाईजर,जुत्ता,कपडा लगाएतका सामाग्रीहरु दिईएको छ ।

क्वारेन्टाईनमा रहेका महिला दिदिबहिनिहरुको स्वास्थ्य संवेदनसिलतालाई मध्यनजर राखि स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराउनु अत्यन्तै सान्दर्भिक रहेको गुलरिया नगरपालिकाकी उप—प्रमुख शुसिला गिरीले सामाग्री हस्तान्तरण कार्यक्रममा वताईन्। महिलाहरु प्रति सवै संवेदनसिल हुनुपर्नै उप—प्रमुख गिरीको भनाई छ ।

राजनीती,धर्म,जाती वा वर्गबाट स्वतन्त्र रहेको यस संस्थाले हरेक जोखिम र प्रभावितहरुका लागि सहयोग गर्ने उद्धेश्यका साथ सामाग्रीहरु उपलब्ध गराईएको हामी नेपाली नेपाल राष्ट्रीय समितिका संस्थाका उपाध्यक्ष उमा तमाङ्गले वताईन्।

र साथै हामी नेपाली संस्था विभिन्न लिंग, जात, धर्म, तथा राजनीतिक आस्थाबाट माथी उठेर कर्मजिवी नेपालीलाई सेवा, सद्भाव र पवित्र ढंगले, सामाजिक, आर्थिक,तथा मानविय सहयोग गर्ने संस्थाको मुल उद्देश्य हो।

पाछिल्लो अपडेट अनुसार अविरल बर्षातको कारण नेपालको तराई भूभागमा बाढीपहिरो प्राकृतिक प्रक्रोपका कारण धेरै असजिलो भैरहेको छ साथै कोरोना सक्रमितहरुको संख्या पनि बढिरहेको यो अबस्थामा मानवीय हिसाबले सहयोगमा साथ दिनु भएका तथा जोडिनु भएका सम्पूर्ण महानुभावहरु प्रति हामी नेपाली ग्लोबलका उपाध्यक्ष टेक लामाले हार्दिक आभार समेत ब्यक्त गरेका छन् ।

प्रतिक्रिया