त्यो सानो बच्चाको बारे केहि बोल्न मन लाग्यो । एक दुइ शब्द सकरात्मक लिदिनु होला ।

अबिश अधिकारी, काठमाडौं २०७७ साउन २१ गते १०:४८ मा प्रकाशित


बच्चाको मामिलामा सिदै अर्काको बच्चा आफुले ल्याउने प्राबाधान अहिले सम्म नेपालमा मात्र हैन विस्वमा नै छैन । बच्चा रेक्स्यु गर्ने तरिका त्यही हो तर पुष्पा अधिकारीले एउटा ठुलो गल्ति गरिन । उनिले बच्चा चौरमा त सुरक्षित राखिन तर प्रकृया नपुराइ आफै सिदै लिगेर गइन यो गर्नु उनको ठुलो भुल हो ।

सर्ब प्रथम उनले प्रहरीलाइ खबर गर्नु पर्थ्यो र त्यहि मुचुल्का उठाएर प्रहरीले चाहे बल्ल उनलाइ पालन पोषणको जिम्मा दिन सक्छ । यदि उनिमा असुरक्षित देखे अन्य गृहलाइ पनि प्रहरीले जिम्मा दिन सक्थ्यो।बालबालीका हेर्ने धेरै अन्तराष्ट्रीय सस्थाले पनि गर्ने प्रकृया यहि हो तर पुष्पाले पनि त्यहि गर्न त खोजिन तर पनि ढङ पुगेन ।

अर्को कुरा उनले प्रहरीलाइ खबर नगरि मिडियालाइ खबर गरि रहदा थोरै शन्का गर्ने ठाउ उब्जियो । कतै आर्थिक लाभको लागि यस्तो गरिएको त हैन ? सरसर्ति हेर्दा र मिडियामा उनले दिएको अन्तर्वार्ता सुन्दा त्यस्तो आर्थिक लाभ कै लागि त्यस्तो नगर्नु पर्ने पनि देखिन्छ।किन प्रहरीलाइ खबर नगरिएको प्रस्न उठाउने मिडियाले नि त त्यहि बाट प्रहरीलाइ खबर गर्न सक्थे तिनिहरुले किन गरेनन ? के तिनिहरुको पनि दायित्व हैन ? प्रहरीलाइ सोध्न सक्थे के छ प्रकृया भनि किन सोधेनन ति पत्रकारले ?
पुष्पाअधिकारी थोरै चुकेकै हुन किन कि प्रकृया पुगेन उनले सिधै मिडिया बोलाइन तर प्रहरी लाइ खबर गरिएन ।

अर्को कुरा यो कोरोनाको माहामारी छ यसरि भौतिक दुरी कायम किन गरिएन ? र भाग्य न्यौपाने भाइ जस्तो सम्बेदन्शिल ब्यक्ति सामाजिक पत्रकारिता गरेर कहलीयका पत्रकारको प्रस्न गर्ने शैली उनले जुन हर्कत गरे त्यो चित्त बुझेन।अरुलाइ नाटक रच्यौ भन्दा भन्दै आफुले के हर्कत गरिराको छु भन्ने हर्कत को पनि अलिकति ख्याल गर्ने कि ?

हेक्का राखौ दुनियासग चन्दा मागेर अरुलाइ सहयोग गरेको र स्वयम आफु आमा बनेर फिल्डमा काम गर्न आकास पातलको फरक छ सहज छैन ।

अबिश अधिकारी, काठमाडौं

प्रतिक्रिया