कोरोना (कोभिड–१९) संक्रमणको त्रास अहिले विश्वभरका बालबालिकामा अत्याधिक पर्न थालेको चिकित्सकहरुले औल्याउन थालेका छन् । कोरोना संक्रमणको असर तत्काल परेपनि मानसिक त्रासको असर दिर्घकालिन रुपमा देखिने उनीहरुले बताएका हुन् ।
चिकित्सकहरुका अनुसार बालबालिकमा परिरहेको कोरोनाको असरलाई अविभावकहरुले होसियारी अपनाएर अहिले देखि नै न्यूनिकरणको प्रयास नगर्ने हो भने भविष्यमा मानसिक समस्या भएका विमारीहरुको संख्या अत्याधिक रहने बताए । बालबालिकामा बयष्क ब्यक्तिमा जस्तो किसिमको मानसिक समस्या नदेखिएपनि उनीहरुले अहिले देखाएका विभिन्न प्रतिक्रियाहरुलाई अनुमान गरेर समस्या पत्ता लगाउन सकिने बताउछन् ।
कोरोनाको मनोसामाजिक असर बालबालिकामा कस्तो किसिमले पर्दै गएको छ भन्ने बिषयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मनोचिकित्सक डा. सगुनबल्लभ पन्त भन्छन्– अहिले बालबालिकामा यो संक्रमणको विभिन्न त्रास देखिएको छ । उनीहरुले त्रासलाई भन्न नसकेपनि उनीहरुको ब्यवहारमा आएको परिवर्तनहरुलाई हेरेर अविभावकले पत्ता लगाउन सक्छन् । यस्ता किसिमका परिपर्तन आफ्ना बालबालिकामा देखिएमा उनीहरुलाई मनोचिकित्सककहाँ लैजानु पर्ने बताउछन् ।
मनोचिकित्सक डा. सगुन बल्लभ पन्तसंग भेटेर अहिले बालबालिकामा कोरोनाको संत्रासको कारण कस्तो किसिमको मनोसामाजिक असर गरिरहेको छ भन्ने बिषयमा तयार पारेको भिडियो
।
प्रतिक्रिया