कमजोरीपन शरीरमा आइरन कमीको मुख्य लक्षण हो । हेमोग्लोबिन बन्नमा आइरनको महत्वपूर्ण भूमिका हुन्छ । आइरनको कमी हुँदा हेमोग्लोबिनको कमी हुने र शरीरमा अक्सिजनको अभाव हुने भएकाले कमजोरीपन देखा पर्छ ।
आइरनको कमी हुँदा नङ कमजोर हुन्छ । बिस्तारै सजिलैसँग नङ चिरिने, पातलो हुने र सेतो हुँदै जाने हुन्छ, जसलाई कोइलोनेसिया पनि भनिन्छ । मुखमा घाउ देखिने, ओठ फुट्ने र छेउछाउमा घाउ तथा दाग देखिने हुन्छ । रगतमा हेमोग्लोबिनको कमीका कारण जिब्रो सुन्निने हुन्छ । बिस्तारै सुक्खा हुँदै जाने र कतिपयमा जिब्रोमा घाउसमेत देखा पर्छ ।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?time_continue=24&v=BwF0eAj3ehc&feature=emb_logo
प्रतिक्रिया