लायन्सक्लब लर्डबुद्धद्धारा बृहत रक्तदान कार्यक्रम

विश्व राज थापा २०७७ साउन १९ गते १६:०४ मा प्रकाशित

काठमाडौ । कारोना महामारी र बाढी पहिरोका कारण रगतको आबश्यकता निकै बढेको तर रगतको अभाब भैरहेको बेला लायन्स क्लब अफ लर्ड बुद्ध र हातेमालो संगमले बृहत रक्तदान कार्यक्रम संपन्न गरेका छन ।

भक्तपुरको पेप्सीकोला काडाघारीमा आयोजित कार्यक्रममा १ सय १८ जनाले रक्तदान गरेका थिए । रक्तदानसंगै बृक्षारोपण पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेशमन्त्री अरुण नेपालले उदघाटन गर्नुभएको कार्यक्रममा बिभिन्न क्षेत्रका समाजसेबी र बिशिष्ट महानुभाबहरु सहभागी भएर रक्तदाताहरुलाई उत्साहित बनाएका थिए ।

कार्यक्रममा मन्त्री नेपालले लायन्स क्लबले समाजसेवामाम महत्वपुर्ण भुमिका निर्बाह गरिरहेको भन्दै प्रशंसा गर्नुभएको थियो भने लायन्सका लिडरहरु बादलकृष्ण बुलाकोटी मनबहादुर रोका , बरिष्ठ पत्रकार टंक पन्त , लर्डबुद्धका सस्थापक अध्यक्ष बिष्णुप्रसाद भण्डारी , लडैबुद्धका अध्यक्ष लक्ष्मी प्रसाद कटेल, भीमलाल पौडेलल लगायतले शुभकामना दिनुभएको थियो ।


बक्ताहरुले अहिलेको बिषम परिस्थितिमा पनि १ सय १८ जनाले रक्तदान गर्नुभनेको कार्यक्रम भब्य रुपमा सफल हुनु हो भनेका छन ।
कार्यक्रममा लियो क्लबका बहिनीहरुले पनि महत्वपुर्ण भुमिका निर्बाह गरेका थिए । रक्तदान कार्यक्रममा पनि भाषण गर्ने प्रबूत्ति भने पेप्सीकोलामा पुग्दा पनि रोकिएन ।

विश्व राज थापा

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।

प्रतिक्रिया