फिल्ममा कलाकारको अभिनय र पहिरनको चर्चा त हुन्छ नै । राम्रो अभिनय गर्ने चर्चित कलाकारको पढाइका बारेमा भने कमैलाई मात्र थाहा हुन्छ। आज हामी अभिनयमा चर्चा कमाएका नेपाली नायिकाको पढाइका बारेमा कुरा गर्दैछौँ ।
प्रियंका कार्की : नेपाली फिल्म क्षेत्रमा निकै चर्चित नाम हो प्रियंका कार्की । सन् १९८७ फेब्रअरीमा काठमाडौँमै जन्मिएकी कार्कीले थ्री लभर्सबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन्। सन् २०१० मा रोचक मणीसँग पहिलो विवाह गरेकी प्रियंकाले सन् २०१२ मा सम्बन्ध विच्छेद गरेकी थिइन्। गत फागुनमा उनले नायक आयुषमान देशराज जोशीसँग दोस्रो विवाह गरेकी छिन्।
उनको पढाइको कुरा गर्नुपर्दा अमेरीकाको युनिर्भसिटी अफ अलबामाबाट चलचित्रमा डिप्लो गरेकी छिन्।
ऋचा शर्मा : ऋचा शर्मा नेपाली चलचित्र क्षेत्रकी अभिनेता तथा एक उद्घोषक पनि हुन्। मिस नेपाल २००७ मा उत्कृष्टभित्र पर्न सफल बनेकी ऋचाले चलचित्र फस्ट लभबाट फिल्म क्षेत्रमा डेब्यु गरेकी थिइन्।
उनले थुप्रै चलचित्र तथा म्युजिक भिडियोमा काम गरेकी छिन्। उनको पढाइका बारेमा कुरा गर्नुपर्दा गोल्डेनगेटबाट ब्यवस्थापनमा स्नातकोर गरेकी छिन् । उनले यस बाहेक जर्मनी र फ्रान्सबाट कलाकारिता सम्बन्धी अध्यन गरेकी छिन् । उनी एक वौद्धिक नायिका भित्र पर्ने गर्छिन्। उनले केही सयमअघि दिपेक्ष बिक्रम रानासँग विवाह गरेकी हुन्।
https://www.youtube.com/watch?time_continue=6&v=vfxNEbwQqfI&feature=emb_logo
प्रतिक्रिया