गायिका एलिना’ रचना’ अनु’ र मोहन मगरको नयाँ तीज गीत”नाचौं आफनै पारामा” सार्वजनिक

इनेप्लिज २०७७ साउन १३ गते १०:५५ मा प्रकाशित


काठमाडौँ /गायिका एलिना’ रचना’ अनु’ र गायक मोहन मगरको आवाजमा तीज गीत (नाचौं आफनै पारामा) भिडियो सार्वजनिक नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज सम्बन्धि गीतहरु सार्वजनिक भईरहेका छन् ।

यही मेसोमा संगीतकार राजेन्द्र बजगाईंको संगीतमा अहिलेका चर्चित गायिका एलिना चौहान रचना रिमाल अनु चौधरी र गायक मोहन मगरको आवाजमा यस वर्षको तीज कोशेलीको (नाचौं आफनै पारामा) तीज गीतको भिडियो मेलोडी नेपाल टिभीबाट सार्वाजकिन भएको छ । गीतमा शब्द गीतकार.डी.पी खनालको रहेको छ भने ‘ संगीतकार राजेन्द्र बजगाईंले’नै उक्त गीतलाई संयोजन गरेका छन्।

गीत एकदम रमाईलो नाच्ने खालको बनेको उक्त गीतका मोडेल सुरज श्रेष्ठ बताउछन् । गायिका एलिनाले पनि ऐले सम्म आफुले गएका तीज गीत मध्ये यो तीजको गीत धेरै फरक खालको रहेको बताईंन । भिडियोमा तिनै गायिका एलिना” रचना ‘अनु ‘ र गायक मोहन मगर र मोडेल सुरज श्रेष्ठको अभिनय हेर्न पाईन्छ। गीतको भिडियोमा निर्देशन जिबन लुइँटेल ‘ छायांकन ज्ञानेन्द्र शर्मा’ नृत्य निर्देशन शिब बिक’ सम्पादन बिकाश ज्ञवाली ‘को रहेको छ।

साथमा गीतको भिडियोमा महिला रेस्लर मोडेल अस्मिता जुरेली’ मोडेल शिल्पा खड्का ‘ लगायत एक दर्जन मोडेलहरुको नृत्य पनि उक्त भिडियोमा समावेश गरिएको छ।

प्रतिक्रिया