यूवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो…’ सार्वजनिक

इनेप्लिज २०७७ साउन १३ गते १०:३३ मा प्रकाशित

काठमाडौं,
साउन १३ ।

यूवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो…’ सार्वजनिक भएको छ । रामकुमार बस्नेतको स्वर तथा सङ्गीत र रामचन्द्र चन्दको सङ्गीत संयोजन रहेको गीत ‘कस्तो भाइरस आयो…’को भिडियो सार्वजनिक भएको हो ।

लिगेस भट्टराईद्वारा निर्देशन तथा सम्पादन गरिएको गीतको भिडियोमा सुरविर पण्डित (दारीबा), दिनेश के.सी., सरिता राजोपाध्याय, ज्ञान खत्रीको मुख्य भूमिका रहेको छ भने अन्य कलाकार मा ठण्डबहादुर अधिकारी, योगगुरु सुदन भेटवाल, हेमाङ्गराज गिरी र भीष्मराज फुलारा समेतको अभिनय रहेको छ ।

संसारलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड-१९)को महामारीलाई समेटेर लेखिएको उक्त कारुणिक गीतको भिडियो गीतकार फुलाराको आफ्नै आधिकारीक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्क मार्फत सार्वजनिक गरिएको छ ।

फुलारा लिटरेचर फाउण्डेसन नेपाल र द ल अफिसेस अफबाशु डी. फुलारा पि.सि.को संयुक्त सहकार्यमा निर्माण गरिएको गीतको भिडियोमा वीरेन्द्र भट्टको छायाँकन रहको छ भने उर्मिला लामाको श्रृङ्गार रहेको छ । व्यवस्थापन पक्षको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् भने स्वराङ्कन गणेश सुवेदीको रहेको छ ।

 

‘यतिवेला विश्व नै कोरोना कहरमा छ । हामीकहाँ पनि यसको रोकथाम र नियन्त्रणका लागि भन्दै विगत चार महिना ‘लकडाउन’ गरियो । यसले दैनिक जनजीवनलाई कष्टकर बनायो । देश तथा विदेशमा रहेका क्यौ नेपालीले समेत यो भाइरसका कारण ज्यान गुमाउनु पर्‍यो र परिवारसँग टाढा हुन बाध्य बनायो । यही कहरलाई गीत मार्फत प्रस्तुत गरेको छु’, साहित्यकार तथा गीतिकार फुलाराले भने ।

फुलाराको यसअघि आमाहरुमा समर्पित गीत ‘जुनसरी बिलाई गयौं…’ सार्वजनिनिक भएको थियो । फुलाराका यसअघि सार्वजनिक कृतिमध्ये उपन्यास ‘टुहुरो कुण्डली’ र यसको अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ धेरै पाठकले रुचाएको कृति हो ।

प्रतिक्रिया