आर्य घाट

डा बुनु दाहाल २०७७ साउन १२ गते २१:५८ मा प्रकाशित

बिहानको मिरमिरे उज्यालोसंगै
सिरसिर हावा चलेको
सुनसान आर्यघाट !! स्तब्ध आर्यघाट ! !!!

कठै, क्षणभंगुर मानब शरीर !
कहिले ब्रह्मनाल त कहिले के ?
निर्जीव मुढो सरह लडेको छ !! लडेकोछ !!!

मानब भनौ वा संसारीक आत्मा!!
संस्कारको नाममा सामाजिक मर्यादा भनौ वा आडम्बर!!
साल्कोपातबाट बनेको दुना,
हातबाट कातेको बत्ति! खोइ के ? खोइ के ?
बिचरा जीव !!!!काँहा पुग्यो काँहा? को जानिफकार !!!

निर्जीव मुढोसमान !! मुडैमाथी !
लमतन्न सुताइएकि मेरी “साइलिआमा” !!!
कस्तो बिडम्बना !! कस्तो अचम्म!!

बालेर ठिक्क पारिएको बत्तीले छोरा, छोराहरुले
आमाको मुखमा आगो लगाइदिंदा………कठै !!!
मैलेमानेको संस्कार , मलाइ सिकाइएको सांस कृति ……
“मेरी साइली आमा” स्वर्ग जानु हुन्छ रे !!!

त्यसो त ….यो चक्ररुपी पृथ्बीमा
छोरी मात्र जन्माउने आमा, नर्कमा बास बस्ने भए !!!
धिक्कार छ मैले सिकेको संस्कार अनि संस्कृति !

स्विकार्यछ,मलाइ नर्कको बास !!
यो जिबन रुपी चरो रहुन्जेल
कसैको ,मन दुखाउने काम गर्न नपरोस
स्वीकार्य छ !! , स्वीकार्य छ !!!

प्रतिक्रिया