सञ्चारकर्मी गीता अधिकारीले ‘बजाउँदै चुरा…’ लिएर आएकी छन्।

इनेप्लिज २०७७ साउन १२ गते १०:२५ मा प्रकाशित

 

काठमाडौं,
साउन ११ ।

नेपाली महिला हरुको महान् पर्व तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन्।यही मेसोमा गत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता÷दर्शकमाझ पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले ‘बजाउँदै चुरा…’ लिएर आएकी छन्।

सारिका घिमिरेको स्वरमा रहेको सार्वजनिक तीज गीत ‘बजाउँदै चुरा…’मा योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको छ । स्टुडियो १डीबी एचडीमा रेकड्ङि गरिएको गीतमा एचवीएन किस्मतको मिक्सिङ तथा माष्टिरिङ रहेको छ।

सार्वजनिक लिरिकल भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन्। गीता र सारिकाले यसभन्दा अघि ‘यतै घमाइलो उतै घमाइलो…’सन्देश मुलक तीज गीत लिएर आएका थिए भने गत वर्ष ‘तीजैमा ब्रत बसी…’ लिएर आएका थिए।

कोरोना भाइरस (कोभिड(१९)को सङ्क्रमणका कारण गीतको भिडियो छायाँकन गर्न असमर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरेको गीता÷सारिकाले बताए।

यसभन्दा अघि सार्वजनिक गीत जस्तै ‘बजाउँदै चुरा…’ले पनि सबैको माया र साथ पाउने आफूहरुले अपेक्षा लिएको उनीहरुले बताए।गीतको भिडियो युट्युव च्यानल द ट्युन मार्फत सार्वजनिक गरिएको छ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस :

प्रतिक्रिया