किन पटक-पटक दोहोरिए न्यु साउथ वेल्सको दूतमा दीपक खड्का ? यस्तो छ कारण

इनेप्लिज २०७७ साउन ११ गते १८:३६ मा प्रकाशित

असनेपालन्युज, अष्ट्रेलिया/सन्जीव अर्याल । न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा दीपक खड्कालाई पुन: नियुक्त गरिएको छ ।

नेपाल सरकारको गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई पुनस् चार वर्षका लागि महावाणिज्य दूत नियुक्त गर्ने निर्णय गरेको थियो ।

अस्ट्रेलियाको व्यापारिक राजधानी सिड्नी अवस्थित न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा उनको यो चौथो नियुक्ति हो ।

यसअघि खड्का पहिलो पटक सन् २००९ अक्टोबर ९ तारिखमा न्युसाउथ वेल्स राज्यको वाणिज्यदूतमा नियुक्त भएका थिए ।

त्यसको दुइ वर्षपछि सन् २०११ मा वाणिज्यदूतबाट महावाणिज्यदूतमा पदोन्नती गरि सरकारले खड्कालाई नै थप दोस्रो कार्यकालका थप गरिदिएको थियो ।

त्यत्तिबेला समयसिमा भने तोकिएको थिएन । त्यसपछि सन् २०१७ मा ३ वर्षका लागि खड्का तेस्रो पटक महावाणिज्यदूतमा नियुक्त भएका थिए । तेस्रो कार्यकाल पुरा गरेसंगै खड्का नै चौथो पटक महावाणिज्यदूतमा नियुक्त भएका हुन् ।

महावाणिज्य दूत खड्काले यसअघि पनि तीन कार्यकाल अर्थात् एघार वर्ष महावाणिज्य दूतका रूपमा कुशल भूमिका निर्वाह गरिसकेका छन्।

महावाणिज्य दूतको कार्यालयले दुई देशबीचको वाणिज्य सम्बन्ध बिस्तार लगायत भिसा र अन्य सिफारिस प्रदान गर्ने गरेको छ।

दोलखाको बिगु गाउपालिकामा जन्मनु भएका दीपक खड्का सन् २००३ मा हंकङबाट अष्ट्रेलिया आएका थिए ।

त्यसअघि सन् १९८२ मा दोलखाकै जिरी टेक्निकल विद्यालय निमार्णमा खड्काले ओभर सियर भएर काम गरेका खड्का फिलिपिन्सको एडमसन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ सकेपछि नेपालको सडक विभागमा समेत काम गरेका थिए ।

खड्काका श्रीमती एक छोरा र एक छोरीका साथ नर्थ सिड्नीमा बसोबास गर्दै आएका छन् । महावाणिज्य दूतको कार्यालयले दुई देश बीचको वाणिज्य सम्बन्ध विस्तार लगायत भिसा र अन्य सिफारिस प्रदान गर्ने गरेको छ ।

अवैतनिक महावाणिज्यदूतले कार्यलय नै स्थापना नगरेर पनि विभिन्न कार्यक्रममा सहभागी भएर मात्र पनि देशको प्रतिनिधित्व गर्न सक्छ ।

तर, शिक्षा व्यवसायी समेत रहेका खड्काले नर्थसिड्नीस्थित आफ्नै घरमा सुविधा सम्पन्न कार्यालय र तीन जना कर्मचारीको व्यवस्था गरेर भिषा लगायत दूतावासको सेवा प्रदान गर्दै आउनुभएको छ । आफ्नै खर्चमा वर्षौदेखि नेपालीलाई सेवा दिदै आएका छन् ।

शाभार : असनेपालन्युज (https://ausnepalnews.com/2020/07/78577.html

 

प्रतिक्रिया